May 1, 2024

भारतमा राष्ट्रपतिको निर्वाचन आज, मुर्मु र सिन्हा भिड्दै

July 18, 2022

काठमाडौं / भारतको १५ औँ राष्ट्रपति चयनका लागि आज (सोमबार) निर्वाचन हुँदैछ । संसदको बर्खे अधिवेशनको पहिलो दिन निर्वाचन हुने भएको हो । निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदैछ ।
सन् २०१७ को राष्ट्रपति चुनावअघि देशको सर्वोच्च पदको लागि ६४ वर्षीय मुर्मु एक बलियो दावेदार थिइन् । त्यति नै बेला बिहार राज्यपाल तथा दलित नेता राम नाथ कोविन्दलाई उक्त पदमा छनौटका लागि प्रस्ताव गरिएको थियो ।
ओडिशाकी आदिवासी तथा झारखण्डकी पूर्वगभर्नर मुर्मुलाई झारखण्डको सत्तारूढ झारखण्ड मुक्ति मोर्चाको पनि समर्थन छ । मुर्मुलाई बिहारका मुख्यमन्त्री नितिश कुमारले पनि समर्थनको आश्वासन दिएका छन् ।
त्यस्तै, शिवशेनाका दुबै गुटहरूले पनि उनलाई समर्थन गर्ने अपेक्षा गरिएको छ । भाजपासँग गठबन्धन गरेको एकनाथ शिन्दे नेतृत्वको गुट र उद्धव ठाकरेको नेतृत्वमा रहेको गुटले पनि उनलाई समर्थन गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -