March 17, 2025
- ADVERTISEMENT -

गरगहना चोरी गरेको आरोपमा युवक पक्राउ

July 18, 2022
Sketch

मोरङ / गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका १३ बस्ने १८ वर्षीय विवेक कामत रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विवेकलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट २ तोलाको मंगलसुत्र १ थान, घाँटीमा लगाउने चेन, कानमा लगाउने झुम्का, औठी, तिलहरी, पाउजु र ४६ हजार नगद बरामद गरेको छ । पक्राउ परेका उनीमाथि चोरी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

- ADVERTISEMENT -