काठमाडौँ / चौधरी ग्रुपले वाइवाइ चाउचाउको तौल घटाएसँगै मूल्य पनि पटक पटक बढाएको छ । पछिल्ला केही हप्तामै चाउचाउमा लगातार दुई पटक मूल्य बढाएको हो ।
जेठको तेस्रो सातासम्म २० रुपैयाँ बिक्री बितरण हँुदै आएको चाउचाउ हाल २३ रुपैयाँ बनाएको छ । चौधरी ग्रुपले भने मूल्य बढाएको जानकारी सार्वजनिक रुपमा दिएको छैन ।
यसअघि २० रुपैयाँमा ७५ ग्राम वाइवाइ चिकेन र भेज स्वादको चाउचाउ पाए पनि हाल २३ रुपैयाँमा ६५ ग्राम मात्र पाइन्छ । त्यति मात्रै नभएर प्याकेटमा ६० ग्राम मात्र तौल तोकेको छ ।
त्यस्तै ३५ वर्षअघि वाइवाइ चाउचाउ १० रुपैयाँ पनि पाइन्थ्यो । हाल कतिपय किराना पसलले २३ रुपैयाँ पर्ने चाउचाउलाई २५ रुपैयाँ समेत लिने गरेको सर्वसाधारणको गुनासो छ ।
त्यस्तै ग्रुपले प्याकेटको मूल्य बढाएसँगै कार्टुनको पनि मूल्य बढाएको छ । पहिले एक कार्टुन वाइवाइ चिकेन चाउचाउको मूल्य ५४० रुपैयाँ थियो भने हाल ५९५ रुपैयाँ छ ।
वाइवाइको लगातार मूल्य वृद्धि र तौल घट्दा उपभोक्ता मारमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
