September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जंगली च्याउ खाँदा एकैघरका तीनसहित पाँचजना बिरामी

August 8, 2022
File photo.

नवलपुर / जंगली च्याउ खाँदा एकैघरका तीनसहित पाँचजना बिरामी परेका छन् । नवलपुर जिल्लाको विनयीत्रिवेणी गाउँपालिका वडा नं. ५ बाह्रविसेमा जंगलबाट ल्याएको च्याउ खाँदा पाँचजना बिरामी परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
नवलपुरका डिएसपी सन्तोष पाठकका अनुसार विरामी हुनेहरुमा विनयीत्रिवेणी गाउँपालिका वडा नं. ५ का २८ वर्षका तुलबहादुर ठाडा, उनका श्रीमती ३० वर्षीया दिलमाया ठाडा, २ वर्षका छोरा विश्वराज ठाडा रहेका छन् ।
त्यसैगरी सोही स्थानका ३४ वर्षीया नरमाया ठाडा र २८ वर्षीया कला लम्काहा पनि च्याउ खाएर विरामी भएका छन् । बिरामी भएका सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको डिसपी पाठकले जानकारी दिए ।