२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

‘विदेशीको पैसामा चुनाव जित्नेले देश बर्बाद पारे ।’

प्रकाशित मिति : २०७९ श्रावण २९ गते

चितवन / राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले विदेशीको पैसाको आडमा चुनाव जितेर देशलाई ववार्द गर्न खोज्ने नेताहरुलाई हराउनुपर्नेमा जोड दिनुभएको छ । राप्रपा भरतपुर महानगर समितिले भरतपुरमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै पूर्वमन्त्री पाण्डेले युरोपियन युनियन र छिमेकी राष्ट्रबाट पैसा ल्याएर चुनाव जित्ने दाउमा लागेका नेताहरुलाई जनताले रोक्नुपर्ने बताउनुभयो ।
उहाँले देशलाई प्लटिङ गरेर देशलाई विदेशमा बुझाउने षड्यन्त्र भएको बताउनुभयो । “उत्तर उत्तरतिरै मिल्ने, दक्षिण दक्षिणतिरै मिलेर अन्तत नेपाल युक्रेन जस्तो हुने जोखिम छ”, उहाँले भन्नुभयो, “विदेशीको इशारामा चल्ने नेताले जिते देश झनै बर्बाद हुनेछ ।” देशलाई बाँडीचुँढी उपयोग गर्न गठबन्धन गरेर सिट बाँडफाडमा लागेको अरोप लगाउनुभयो । उहाँले अमेरिकन बुट आइसकेकाले वैदेशिक हस्तक्षेप बढेको बताउनुभयो । उहाँले देशलाई जोगाउन अब जनता जागरुक बन्नुपर्नेमा जोड दिनुभयो ।
विषालु हात लिएर देशलाई सिध्याउन लागेका नेताहरुलाई जनताले अब फेरी जिताउन नहुने बताउनुभयो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजन गौतमले संघीयताले वेथिति र राज्यको खर्च बढाएकाले अब खारेज हुनुपर्ने बताउनुभयो । २०४६ सालयता देशले विकासमा फड्को मार्न नसकेकोमा दुखेसो पोख्नुभयो । इस्कोन नेपाल चितवनका सचिव गौरगोविन्द प्रभुले हिन्दुराष्ट्र निर्माणमा लाग्ने स्पष्ट विधान भएका दलहरुलाई जनताले रोज्ने बेला आएको बताउनुभयो ।
उहाँले विद्यालयतहबाट संस्कृति शिक्षा खारेजीसँगै हिन्दुधर्ममाथि प्रहार सुरु भएको बताउनुभयो । गंगाआरती समितिका संयोजक प्रेमनिधि भारद्धाजले सनातन धर्म संरक्षणका लागि सत्याग्रह गर्नुपर्ने स्थिति आएको बताउनुभयो । पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान चितवनका अध्यक्ष मोहनविक्रम शाहले सदनबाटै हिन्दुराष्ट्रबारे आवाज बुलन्द पार्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस नेता तारा पौडेलले हिन्दुराष्ट्रको पक्षमा जनमत बढेकाले त्यसको शक्तिलाई प्रयोग गरेर देशको पहिचान स्थापित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राप्रपा चितवनका उपाध्यक्ष चेतनाथ वाग्ले, जीवलाल पुरी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम राप्रपा महानगर समिति अध्यक्ष दिपक थापाको अध्यक्षतामा भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52