२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर कारागारका त्रिपालमुनि राखिएका ५१ कैदीको स्थानान्तरण

प्रकाशित मिति : २०७९ श्रावण २९ गते

चितवन / भरतपुर कारागारमा रहेका कैदीबन्दी सुत्ने ठाउँको अभावमा त्रिपाल मुनि राख्नु परेपछि स्थानान्तरण गरिएको छ । क्षमताभन्दा अधिक संख्यामा कैदीबन्दी रहेपछि स्थानान्तरण गरिएको हो । कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २८० जना क्षमता रहेको कारागारमा ७६५ जना कैदीबन्दी रहेका थिए । ती मध्ये दुई जना आश्रित बालिका रहेका छन् । उनीहरु कारागारभित्र नअटेपछि वरण्डामा त्रिपाल टाँगेर राखिएको थियो ।
आचार्यका अनुसार निकै कठिन भएपछि ४६ जनालाई मकवानपुरको भिमफेदी, दुई जनालाई परासी र तीन जनालाई वीरगञ्ज कारागार स्थानान्तरण गरिएको छ । उनीहरुलाई पठाएसँगै हाल त्रिपालमुनि राख्नु नपरेपनि थपिंदै गर्दा अवस्था उस्तै हुने उहाँको भनाई छ ।
कारागारको समस्याका बारेमा कारागार व्यवस्थापन बिभागलाई जानकारी गराईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बिभागमा सबै जानकारी गराएका छौं । पूर्वाधार निर्माणको बिषयमा पहल भैरहेको छ ।” अहिले कारागारमा ६७२ जना पुरुष र ५० जना महिला कैदीबन्दीहरु रहेका छन् ।
महिला कैदीबन्दी संगै दुई जना आश्रित बालिकाहरु रहेका छन् । २५५ जना पुरुष कैदीबन्दी र २५ जना महीला कैदीवन्दी राख्ने क्षमता भए पनि यस कारागारमा कैदीबन्दीको चापका कारण सुताउन समस्या भएको उहाँको भनाई छ । यस कारागारमा छिमेकी जिल्लाहरुबाट समेत कैदीबन्दी आउने हुँदा कैदीबन्दीको संख्या दिनहुँ बढ्दै गएको आचार्यले बताउनुभयो ।
बिषेशगरी नवलपुर, मकवानपुर जिल्लाबाट यहाँ कैदबन्दी आउने गर्दछन् । उपचारका लागि समेत बाहिरी जिल्लाबाट कैदीबन्दी चितवन आउने हुँदा चाप बढेर व्यवस्थापनमा कठिनाई भएको हो । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल सहित ठूला अस्पताल यहाँ भएकाले बिरामी परेका कैदीबन्दीलाई स्थानान्तरण गरेर भरतपुर पठाउने गरिन्छ ।
क्यान्सर रोग लागेका अधिकांश कैदीबन्दी यहाँ आउने गर्दछन् । कारागार कार्यालयमा कैदीबन्दीको चाप बढेसँगै सरुवा रोगका संक्रमण फैलन सक्ने देखिएकाले उच्च साबधानी अपनाईएको आचार्यको भनाई छ । बाहिरबाट आएका कैदी बन्दीलाई एक हप्ता क्वारेन्टीनमा राखेर मात्रै अरुसँग सम्र्पकमा जान लगाईएको उहाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34