चितवन / भरतपुर कारागारमा रहेका कैदीबन्दी सुत्ने ठाउँको अभावमा त्रिपाल मुनि राख्नु परेपछि स्थानान्तरण गरिएको छ । क्षमताभन्दा अधिक संख्यामा कैदीबन्दी रहेपछि स्थानान्तरण गरिएको हो । कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २८० जना क्षमता रहेको कारागारमा ७६५ जना कैदीबन्दी रहेका थिए । ती मध्ये दुई जना आश्रित बालिका रहेका छन् । उनीहरु कारागारभित्र नअटेपछि वरण्डामा त्रिपाल टाँगेर राखिएको थियो ।
आचार्यका अनुसार निकै कठिन भएपछि ४६ जनालाई मकवानपुरको भिमफेदी, दुई जनालाई परासी र तीन जनालाई वीरगञ्ज कारागार स्थानान्तरण गरिएको छ । उनीहरुलाई पठाएसँगै हाल त्रिपालमुनि राख्नु नपरेपनि थपिंदै गर्दा अवस्था उस्तै हुने उहाँको भनाई छ ।
कारागारको समस्याका बारेमा कारागार व्यवस्थापन बिभागलाई जानकारी गराईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बिभागमा सबै जानकारी गराएका छौं । पूर्वाधार निर्माणको बिषयमा पहल भैरहेको छ ।” अहिले कारागारमा ६७२ जना पुरुष र ५० जना महिला कैदीबन्दीहरु रहेका छन् ।
महिला कैदीबन्दी संगै दुई जना आश्रित बालिकाहरु रहेका छन् । २५५ जना पुरुष कैदीबन्दी र २५ जना महीला कैदीवन्दी राख्ने क्षमता भए पनि यस कारागारमा कैदीबन्दीको चापका कारण सुताउन समस्या भएको उहाँको भनाई छ । यस कारागारमा छिमेकी जिल्लाहरुबाट समेत कैदीबन्दी आउने हुँदा कैदीबन्दीको संख्या दिनहुँ बढ्दै गएको आचार्यले बताउनुभयो ।
बिषेशगरी नवलपुर, मकवानपुर जिल्लाबाट यहाँ कैदबन्दी आउने गर्दछन् । उपचारका लागि समेत बाहिरी जिल्लाबाट कैदीबन्दी चितवन आउने हुँदा चाप बढेर व्यवस्थापनमा कठिनाई भएको हो । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल सहित ठूला अस्पताल यहाँ भएकाले बिरामी परेका कैदीबन्दीलाई स्थानान्तरण गरेर भरतपुर पठाउने गरिन्छ ।
क्यान्सर रोग लागेका अधिकांश कैदीबन्दी यहाँ आउने गर्दछन् । कारागार कार्यालयमा कैदीबन्दीको चाप बढेसँगै सरुवा रोगका संक्रमण फैलन सक्ने देखिएकाले उच्च साबधानी अपनाईएको आचार्यको भनाई छ । बाहिरबाट आएका कैदी बन्दीलाई एक हप्ता क्वारेन्टीनमा राखेर मात्रै अरुसँग सम्र्पकमा जान लगाईएको उहाँले जानकारी दिनुभयो ।
- ADVERTISEMENT -
भरतपुर कारागारका त्रिपालमुनि राखिएका ५१ कैदीको स्थानान्तरण
August 14, 2022
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -