२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

२८ औं तामाङ प्रसारण दिवस : लामा पाठशालाका लागि दुई महिनालाई पुग्ने खाद्यन्न सहयोग

प्रकाशित मिति : २०७९ भाद्र १ गते

–सन्तोष तामाङ
चितवन । तामाङ पत्रकार संघ चितवनले २८ औं तामाङ प्रसारण दिवसमा खाद्यन्न सहयोग गरेको छ । संघले भरतपुर ५ नारायणपुरमा स्थित उग्र्यान छ्योलिङ गुम्बाको परिसरमा रहेको लामा पाठशालालाई खाद्यन्न सहयोग उपलब्ध गराएको हो । संघले उक्त पाठशालामा अध्ययनरत चार जना लामा शिक्षा प्रशिक्षार्थीहरुलाई दुई महिनाको खाद्यन्न सहयोग गरेको हो ।
उग्र्यान छ्योलिङ गुम्बाका अध्यक्ष आस्मान तामाङले संघबाट प्राप्त चामल, दाल, तेललगायतको सहयोग सह्राहनीय भएको बताए । अध्यक्ष तामाङले दुई महिनालाई पुग्ने खाद्यन्न सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै संघको सफलताको कामना गरे ।
जनजातिको समस्यालाई पत्रकारिता मार्फत उजागार गर्दै समाज रुपान्तरणमा खेलेको भूमिका प्रशंनीय रहेको उनको भनाइ थियो । उनले आगामी दिनमा तामाङ पत्रकारले तामाङ समुदायको उत्थानको लागि अझ बढी सशक्त ढंगले अघि बढ्न आग्रह समेत गरे ।


तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङले लामा पाठशालालाई सहयोग गर्ने योजना पहिले देखिकै भएको बताए । तामाङ प्रसारण दिवस पारेर थोरै भए पनि सामाजिक कार्य गर्न पाएको निकै खुशी लागेको उनको भनाइ थियो ।
उनले भविष्यमा कहिँ कतै दाताहरुबाट सहयोग प्राप्त भएमा लामा पाठशालालाई उपलब्ध गराइने प्रतिबद्धता समेत व्यक्त गरे । विगतहरुभन्दा फरक ढंगले गरिएको यस कार्यले संघलाई नै थप उत्साह प्राप्त भएको उनको विश्वास थियो ।

- ADVERTISEMENT -

Advertisement


कार्यक्रममा तामाङ पत्रकार संघ संघीय सचिव उर्गेन तामाङ, गुम्बाका प्रमुख लामा पेमा वाङच्यु, कोषाध्यक्ष चेतबहादुर तामाङलगायतले मन्तव्य दिएका थिए । सो अवसरमा स्थानीय वासिन्दाहरुको समेत उपस्थिति थियो । उक्त कार्यक्रममा संघका कोषाध्यक्ष प्रतिमा तामाङले स्वागत मन्तव्य दिएका थिए भने सचिव प्रकाश तामाङले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रम तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । संघको निकट भविष्यमा तामाङ भाषा प्रशिक्षण कार्यक्रम गर्ने तयारी भइरहेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11