चितवन / कुमाल युवा समाज भरतपुर चितवनको अध्यक्षमा श्यामकृष्ण कुमाल चयन भएको छ । चितवनमा पहिलोपटक गठन गरिएको समाजमा १३ सदस्यीय कार्यसमिति बनाइएको छ ।
समाजको उपाध्यक्षमा अर्जुन कुमाल, कोषाध्यक्षमा अम्बिका कुमाल, सचिवमा विकास कुमाल चयन भएका छन् । यस्तै सदस्यहरुमा रविन कुमाल, जानकी कुमाल, पृथ्वी कुमाल रहेका छन् । अन्य सदस्यहरु पछि चयन गरिने समाजले जनाएको छ ।
समाज गठन कार्यक्रम भरतपुर–११ का वडा प्रतिनिधि तथा आदिवासी जनजाती यूवा संघ चितवनका अध्यक्ष सागर कुमालको प्रमुख आतिथ्यता तथा नेपाल कुमाल समाज सुधार समिति चितवनका अध्यक्ष ज्ञानबहादुर कुमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुमालले एकता र शिक्षाको क्षेत्रमा कमजोर हुँदा कुमाल समुदाय पछाडि परेको बताए । एकतालाई बल र शिक्षालाई हतियार बनाउन आवश्यक रहेको उनले भनाइ थियो ।
नेपाल राष्ट्रिय कुमाल सुधार समितिका उपाध्यक्ष रामसिंह कुमालले कुमाल अधिकार, संरक्षणका लागि काम गर्न आग्रह गरे । कुमाल समुदाय पार्टीको झण्डा बोक्न र भोट हाल्न मात्र प्रयोग भएको भन्दै उनले अब आफ्नो समुदायको संरक्षणमा लाग्नुपर्ने बेला आएको बताए ।
उनले भने, ‘हरेक व्यक्तिको राजनीतिक विचार, धारणा, सोँच, आस्था हुन्छ तर झण्डा बोक्ने मात्र हाम्रो काम होइन । अधिकार माग्नु पर्छ । भोट हाल्नु मात्र हाम्रो काम होइन । हाम्रो भाषा, संस्कार, सँस्कृति, सभ्यता संरक्षणको लागि पहल गर्नुपर्छ ।’
उपाध्यक्ष कुमालले आफ्नो समुदाय आफ्नो भन्दा अरुको संस्कार र सँस्कृति जगेर्नामा लागि रहेकोमा दुःख व्यक्त गरे । अरु समुदायलाई सहयोग गर्न आवश्यक रहेपनि आफू र आफ्नो समाजलाई असर पार्ने काम गर्न नहुने बताए ।
नेपाल कुमाल विद्यार्थी संगठन चितवनका अध्यक्ष राजेन्द्र कुमालले आफूलाई कुमाल हो भनेर गौरब गर्ने अवस्थामा नरहेको बताए । कुमाल समुदायको पहिचान, शिक्षा, अधिकारमा आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
नेपाल कुमाल संग्राहालय भरतपुर–११ को निर्माणमा सहयोग पु¥याउँदै आएका वीरबहादुर कुमालले पढेलेखेका युवानै कुमाल समुदायको गोरेटो भएको बताए । आफ्नो समुदायको उन्नती र प्रगतिको लागि आर्थिकको मुठ्ठी खोल्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल कुमाल समाज सुधार समिति चितवनका संस्थापक लोकबहादुर कुमाल, कुमाल महिला संघ अध्यक्ष विष्णु माया कुमाल, भरतपुर इकाई अध्यक्ष मनु कुमाल, मुल गुठी भरतपुर इकाईका अध्यक्ष बाबुकृष्ण कुमाल, कुमाल भरतपुर नगर कमिटि अध्यक्ष भिम बहादुर कुमाल, कुमाल सांस्कृतिक समिति अध्यक्ष कुलबहादुर कुमाल लगायतको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -

चितवनको कुमाल युवा समाजमा श्यामकृष्णको नेतृत्व

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.84
153.44

European Euro
1
176.39
177.09

UK Pound Sterling
1
204.26
205.06

Swiss Franc
1
192.00
192.75

Australian Dollar
1
108.12
108.54

Canadian Dollar
1
109.70
110.13

Singapore Dollar
1
118.72
119.18

Japanese Yen
10
9.55
9.59

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.23
16.29

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.45
499.40

Bahrain Dinar
1
405.30
406.89

Omani Rial
1
396.97
398.52












