चितवन / भरतपुर २, क्षेत्रपुरमा अवस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. ले हिन्दू नारीहरुको महान पर्व तिजको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष महिला सदस्यहरुका लागि तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको संस्थाका व्यवस्थापक विकास पौडेलले जानकारी दिए ।
हरितालिका तिज पर्वको संस्कृति एवम् परम्पराको जगेर्ना गर्ने उद्देश्यकासाथ कार्यक्रम सम्पन्न गरेको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले बताए । महिला शेयर सदस्यहरुलाई संस्थागत जानकारी दिने हेतुले तिज कार्यक्रम राखिएको अध्यक्ष धितालको भनाइ थियो ।

कार्यक्रममा नेफ्स्कुन उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । उनले सहकारीमा महिलाको भूमिका र हक अधिकारबारे प्रष्ट्याएका थिए ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २ का वडाअध्यक्ष मनोज रानाभाट, रामेश्वर टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र वाग्ले, बुद्ध टोल विकास संस्थाका सचिव टंक सुवेदी, वडास्तरीय आमा समूह संजालका अध्यक्ष मिन्द्राकुमारी श्रेष्ठ, संस्थाका निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, सचिव मुकुन्दप्रसाद गौतम, कोषाध्यक्ष जयराम पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
उक्त तिज कार्यक्रमको संयोजकत्व इन्दिरा पन्त लामिछानेले गरेकी हुन् । कार्यक्रममा संस्थाका ३ सय बढी महिला सदस्यहरुको सहभागिता रहेको थियो ।
- ADVERTISEMENT -










































