चितवन / देशैभर हिजोबाट सुरु भएको छठ पर्वको आज (शनिबार) दोस्रो दिन अर्थात् खरना गरी मनाइँदै छ । छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन चलिआएको छ ।
शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतालुले कार्तिक शुक्ल पञ्चमीका दिन शनिबार दिउँसोभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खाने गर्दछन् ।
यसवर्ष तिथिको घटबढले शुक्रबार तृतीया र चौथी दुवै परेको छ । पर्वको प्रारम्भमा व्रतालुले शुक्रबार ‘नहाय–खाय’ विधि पूरा गरे । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ ।
कात्तिक शुक्ल तृतीयाकै दिन शुक्रबार नै व्रतालुले ‘अरबा–अरबाइन’ गरे । षष्ठी तिथिका दिन आइतबार निराहार व्रत बसेर साँझपख सजिसाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुबाएर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गरिन्छ ।
यसलाई ‘सँझियाघाट’ भनिन्छ । यसको भोलिपल्ट सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।
छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ । छठ पर्वको व्रतलाई कठिन व्रतको रुपमा पनि लिइन्छ । छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ ।
देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ ।
- ADVERTISEMENT -

छठ पर्व आज ‘खरना’, भोलि सूर्यलाई अर्घ दिएर सम्पन्न

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73














