२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

उदयपुरका राई दोहोरो नागरिकता बनाएको आरोपमा पक्राउ

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते
Sketch
- ADVERTISEMENT -

काठमाडौं / दोहोरो नागरिकता बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर वेलका नगरपालिका–७ बस्ने ४१ वर्षीय अशोक भन्ने ओमबहादुर राई रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौं महानगरपालिका–३ महाराजगन्जस्थित अमेरिकी राजदूतावास नजिकैबाट पक्राउ गरेको हो । उनले दोहोरो नागरिकता र राहदानी बनाएर अमेरिका जान लागेको भन्ने सूचना प्रहरीले पाएको थियो । उक्त सूचनापछि दूतावाससँग समन्वय गरी प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीमाथि नागरिकता ऐन र राहदानी ऐन अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएको छ । थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको छ ।

- ADVERTISEMENT -