चितवन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट)ले बुधबार चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । थरुहटका दुई उमेदवार धञ्जु महतो र राजु शाक्यले चितवनको सौराहाचोकमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीको उपस्थितिमा उनीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् । उनीहरु बागमती प्रदेशमा समानुपातिकतर्फका उमेदवार हुन् । चितवनबाट महतो र काठमाडौँबाट शाक्य प्रदेशसभा सदस्य पदका लागि समानुपातिक पदमा उमेदवार बनेका छन् ।
पार्टीको केन्द्रीय समितिले जारी गरेको प्रतिवद्धतापत्रमा भ्रष्टाचरमुक्त देश निर्माण, बेरोजगारीको अन्त्य, युवा पुस्ताको साझेदारी र भविष्यको सुनिश्चिततासम्बन्धी व्यवस्था, आर्थिक विकासतर्फ कृषि र पर्यटनलाई विशेष जोड दिइएको छ । साथै सामाजिक विकास, शिक्षा, वन–वातावरण तथा विपद् व्यवस्थापन, भौतिक पूर्वाधार विकासको कामलाई पनि प्रतिवद्धतापत्रमा समेटेको छ । दुवैजना उमेदवारले चितवनबाट आफूहरूलाई जिताएर पठाउन पनि आग्रह गरेका छन् ।
समग्र आदिवासी जनजाति समुदायको प्रतिनिधित्वि हुने गरी संसदमा महिलाको उपस्थिति दिलाउनको लागि पनि धञ्जु महतोलाई जिताउन आवश्यक रहेको थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले बताए । घैला (गाग्रो) चुनाव चिन्ह पाएको यो पार्टीले बागमती प्रदेशको हकमा चितवन र काठमाडौँलाई सीधै जोड्नको लागि पर्यटन विकासमा विशेष भूमिका खेल्ने बताएको छ ।
‘आदिवासी जनजातिमा पनि काठमाडौँको नेवार र चितवनको थारूको पुरानो सम्बन्ध रहेछ,’ बागमती प्रदेशको समानुपातिक उमेदवार राजु शाक्यले भने, ‘त्यसैले चितवनको थारूलाई जिताउन मैले सहयोग गर्दैछु ।’ समानुपातिकतर्फको मतदान गर्दा घैलामा मतदान गरे यो पार्टी पनि राष्ट्रिय पार्टी बन्ने उनको भनाइ छ ।
- ADVERTISEMENT -

चितवनमा थरूहटको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68











