२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

ईट्टा उद्योगमा अलपत्र ३८ भारतीय नागरिकको उद्धार

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते
File photo.
- ADVERTISEMENT -

रौतहट / रौतहटमा अलपत्र अवस्थामा रहेका ३८ जना भारतीय नागरिकलाई प्रहरीले उद्धार गरेको छ । स्थानीय परोहा नगरपालिका ४ स्थित अमन ईंट्टा उद्योगमा कामदारको रूपमा आएर अलपत्र रहेका उनीहरुलाई उद्दार गरिएको हो ।
जसमा भारत उत्तर प्रदेशको अलियारपुर बस्ने २० जना पुरुष र १८ जना महिला तथा बालबालिकालाई इलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ ।
प्रहरीका अनुसार, भारतीयहरु अलपत्र अवस्थामा रहेको सूचनाको आधारमा गएको टोलीले उनीहरुको उद्धार गरी भारत बिहार राज्य जिल्ला सितामढी बैरगनिया स्थित सीमा सुरक्षा बल एसएसबीको जिम्मा लगाएको छ ।

- ADVERTISEMENT -