२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

चितवन महोत्सव पुष २५ देखि सुरु, स्टल बुकिङ खुल्ला

प्रकाशित मिति : २०७९ मंसिर ७ गते

चितवन / उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नेपालकै ठूलो महोत्सव मध्ये परिचित चितवन महोत्सवको तयारी सुरु गरिएको छ । स्थानीय उत्पादनको प्रर्वद्धन गर्ने उद्धेश्यसहित यही पुष २५ देखि माघ ४ गतेसम्म नारायणी नदी किनार प्रर्दशनी मैदानमा महोत्सव हुन लागेको हो । महोत्सवको लागि मैदान सम्याउने, चौर व्यवस्थापन तथा स्टल बुकिङ्गको काम सुरु भएको उवासंघले जनाएको छ ।
संघका अध्यक्ष चुननारायण श्रेष्ठले हरेक दुई वर्षमा हुने महोत्सवको तयारी सुरु गरिएको बताए । उनका अनुसार यस पटकको महोत्सवमा करीब पांँचसय स्टल रहनेछन् । महोत्सवले देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन र व्यवसायीलाई राहत पुग्ने विश्वास रहेको अध्यक्ष श्रेष्ठले बताए । यसपटकको महोत्सवमा पर्यटन प्रर्वद्धनमा केन्द्रित रहनेछ ।
‘पर्यटनले हरेक आर्थिक क्षेत्रलाई छुने गर्छ’ श्रेष्ठले भने, ‘कोरोनापछि चितवन पर्यटनको लागि सुरक्षित छ भन्ने सन्देश पनि जान्छ ।’ कोरानापछि चितवनमा आन्तरिक तथा बाह्य पर्यटनमा कमी आएकोले यसको प्रर्वद्धन गर्न पनि पर्यटनलाई बढी प्राथमिकता दिएको उनको भनाई छ । महोत्सवको लागि सुरुवाती क्षणमा गरिने काम भइरहेको भन्दै निर्वाचनपछि यसको प्रचारप्रसार लगायत अन्य व्यवस्थापनमा लागिने उनले बताए ।
संघका निर्देशक निलबहादुर केसीले मंसिर १ देखि स्टल बुकिङ्गको काम सुरु गरिएको बताए । शुक्रबारसम्म १७५ वटा स्टल बुकिङ्ग भइसकेको छ । ‘ल्याण्ड अफ डाईभर्सिटी’ भन्ने मुल नाराका साथ सुरु गरिने महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनका स्टलहरु प्राथमिकतामा राखिने छ ।
यस बाहेक, सूचना प्रविधि, अटोमोबाईल, होटल, रेष्टुरेण्ट, फेन्सी लगायतका स्टलहरु रहनेछन । स्टलमा मेड इन नेपाल र मेड इन चितवनका उत्पादनलाई बढी प्रर्वद्धन गरिने उहांँको भनाई छ । उवासंघका सदस्यहरुको लागि स्टल बुकिङ्गमा २० प्रतिशत छुट गरिएको उनले बताए ।
महोत्सव सम्पन्न गर्न प्रायोजक सहप्रायोजकहरुको खोजीमा उवासंघ रहेको केसीले बताए । भरतपुर महानगरपालिका र जिल्ला समन्वय समितको सहकार्यमा गरिन लागिएको महोत्सवको बांँकी काम निर्वाचन पछि गरिने छ ।
गत वर्ष कोरोनाका कारण देखाउंँदै १३ औं चितवन महोत्सव ३ दिन सञ्चालन भएर स्थानीय प्रशासनद्धारा बन्द गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52