२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

जापानको जर्मनीमाथि शानदार पुनरागमन जित

प्रकाशित मिति : २०७९ मंसिर ८ गते
Photo : Google

काठमाडौं / कतारमा भइरहेको २२औं संस्करणमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको छ । फिफा विश्वकप फुटबलमा अप्रत्यासित नतिजा आउँदै गर्दा जापानले चार पटकको च्याम्पियन जर्मनीलाई बुधबार साँझ भएको खेलमा २–१ ले हराएको हो ।
खालिफा इन्टरनेशनल मैदानमा भएको समूह इ को खेलमा एसियाली राष्ट्र जापानले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जर्मनीमाथि शानदार जित निकालेको हो । जापानले अन्तिम १५ मिनेटमा दुई गोल फर्काउँदै ३ अंक जोडेको हो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रित्सु दोअन र ताकुमा असानोले जापानको लागि गोल गरे । जापान र जर्मनी विश्वकपमा पहिलो पटक भिड्दा नै जापानले जित हात पारेको हो । यसअघि भएका दुई मैत्रीपूर्ण खेलमा भने जर्मनी जापानसँग अपराजित थियो ।
खेलको ३३औं मिनेटमा एल्काए गुन्डागोनको पेनाल्टी गोलमा जर्मनीले पहिले अग्रता लिएको थियो । पहिलो हाफकै इन्जुरी टाइममा काइ हाभार्टले गरेको गोल भिएआरले अफसाइड दियो । पहिलो हाफमा अग्रता बनाएको जर्मनीले त्यसलाई कायम राख्न सकेन भने जापानले उत्कृष्ट पुनारगमन ग¥यो ।
७१औं मिनेटमा मैदान प्रवेश गरेका दोअनले ७५औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि ८३औं मिनेटमा असानोले को इटाकुराको पासमा उत्कृष्ट गोल गर्दै जापानलाई अग्रता दिलाए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52