२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

चितवनको क्याम्पाचौरमा ‘चितवन म्युजिक फेस्ट’ हुने

प्रकाशित मिति : २०७९ मंसिर १७ गते

चितवन / डिजिफ्लाई ब्राण्डिङ एजेन्सी र एस्ट्रल युथ सोसाइटी भरतपुरको संयुक्त आयोजनामा ‘चितवन म्युजिक फेस्ट’ हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर नारायणगढको क्याम्पाचौरमा ‘चितवन म्युजिक फेस्ट’ हुने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा डिजिफ्लाई ब्राण्डिङ एजेन्सीका सिईओ प्रसुन श्रेष्ठले पौष १६ र १७ गते (डिसेम्बर ३१ र जनवरी १ तारिख) मा हुने कार्यक्रममा सांगितिक प्रस्तुतिहरुसँगै खानाका स्टलहरु पनि रहने जानकारी दिए । कार्यक्रममा सविन राई, नबिन के भट्टराई, कालीप्रसाद बास्कोटा, कबवेब ब्याण्ड र दि इलिमेन्ट्स तथा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।
एस्ट्रल युथ सोसाइटीका अध्यक्ष प्रकाश भुजेलले कार्यक्रम परिसरभित्र १७ वटा खानाका स्टलहरु रहने बताए । ती सबै स्टल निःशुल्क उपलब्ध गराइने उनको भनाइ छ । तर व्यवसायीहरुले कार्यक्रम प्रायोजकको उत्पादन मात्रै बिक्री गर्नुपर्ने बताइएको छ भने गेम स्टल, फेस पेन्टिङ स्टल पनि रहनेछ ।
आयोजकले दुई दिनमा दश हजार दर्शकले कार्यक्रमको अवलोकन गर्ने अनुमान गरेका छन् भने कार्यक्रम सम्पन्न गर्नका लागि ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । दर्शकका लागि एक हजार रुपैयाँको भिआईपी र पाँच सयको सामान्य टिकटको व्यवस्था गरिएको छ । कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04