२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

धर्मचोक सडकको काम थालनीको माग गर्दै डेलिगेसन

प्रकाशित मिति : २०७९ मंसिर २६ गते

चितवन / नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडकको काम तत्काल अघि बढाउन माग गर्दै नवनिर्वाचित बागमती प्रदेश सांसद उत्तम जोशी नेतृत्वको टोली डेलिगेसन गएको छ ।
वर्षौंदेखि अलपत्र उक्त सडकको काम तत्काल सम्पन्न गर्न माग गर्दै जोशीको नेतृत्वमा स्थानीय टोल सुधार, उपभोक्त समितिसहितको टोली आज (सोमबार) सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको कार्यालयमा डेलिगेसन गएको हो ।
डेलिगेसन गएको टोलीले कार्यालय प्रमुख प्रकाश अर्यालसँग भेट गरेको छ । भेटको क्रममा सांसद जोशीले उक्त सडक निर्माणमा भएको ढिलासुस्तीको कारण सोधेका थिए । उनले अलपत्र सडक निर्माणको तत्काल काम अघि बढाउन कार्यालय प्रमुखको ध्यानाकर्षण समेत गराएका थिए ।
कार्यालय प्रमुख अर्यालले सडक निर्माणको काम तत्काल सुरु गर्ने प्रतिवद्धता जनाएका छन् । पौष १३ गते भित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने उनको प्रतिवद्धता छ । धुलो उड्न नदिने गरी काम अघि बढाईने समेत उनले बताए ।
निर्माण कम्पनीले तत्काल काम सुरु नगरे कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने कार्यालय प्रमुख अर्यालको भनाइ छ । उपभोक्ताका तर्फबाट स्थानीय इन्दिरा सापकोटा सडौला र रेशम कंडेलले आफ्नो भनाइ राखेका थिए ।
तीन किलो मिटर लामो उक्त सडक निर्माणका लागि २०७५ साल वैशाख २६ गते सघन शहरी तथा भवन निर्माण आयोजना चितवन र रमण शिव शक्ति जेभीबीच सम्झौता भएको थियो । सम्झौतामा २०७७ असार मसान्तसम्म सक्नुपर्ने भनिए पनि सडक निर्माणको काम अझै अलपत्र छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73