कावासोती / पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारको कामसँगै सडक छेउमा रहेका यात्रु प्रतिक्षालय र सुस्ताउने चौतारी मासिएका छन् ।
नारायणघाट बुटवल सडक विस्तार गर्ने क्रममा बाटोको क्षेत्रभित्र पर्ने प्रायः चौतारा र यात्रु प्रतिक्षालय मासिएपछि सवारीसाधन कुर्न बस्ने यात्रुलाई असहज भएको छ । गाउँ समाजमा भएका समस्या र विवाद मिलानका लागि भेला हुने थलोका रूपमा समेत चौतारी नहँुदा पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् ।
केही वर्षअघिसम्म थकाइ मार्ने र चौतारीमा बसेर गफगाफ गर्ने मानिस ठाउँ–ठाउँका चौतारीमा प्रशस्त देखिन्थे । तर, अहिले वर–पिपल, स्वामीका बोटसहितका चौतारा देखिन छाडेका देवचुली–१५ का बलराम पोख्रेलले बताए । ‘कुनै बेला धार्मिक आस्थाका कारण समेत रोपेर हुर्काएका वर पिपल चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सजिलो मात्र थिएन, गाउँ समाजमा भएका समस्या र विवाद मिलाउन भेला हुने थलोका रूपमा चौतारीको प्रयोग गरिन्थ्यो, तर बाटो विस्तारसँगै सबै मासिएर गए’, पोख्रेलले दुःखेसो गरे ।
पोख्रेलमात्रै होइन, विगत तीन वर्ष अगाडिसम्म फुर्सदको समयमा आफ्ना उमेरका साथीसँग कावासोती–११ को लोकाहामा रहेको यात्रु प्रतिक्षालयमा भलाकुसारी गरेर दिन कटाउँदै आउनुभएका डबलबहादुर कुँवरको पनि त्यस्तै चिन्ता छ । चौतारी मासिदा अबका पुस्ताले चौतारी नै नदेख्ने हुन् कि भन्ने पिरले सताएको उनको भनाइ छ ।
पूर्व–पश्चिम राजमार्गको गैँडाकोटबाट दाउन्नेसम्म ६४.५ किलोमिटर, दाउन्नेबाट बुटवल चौराहासम्मको ४८.५ सहित एक सय १३ किलोमिटर सडकको क्षेत्रभित्र परेका चौतारी र यात्रु प्रतिक्षालय हटाइएको हो ।
सडक विस्तारका कारण चौतारी धमाधम मासिदै गएको प्रति चिन्ता व्यक्त गर्दै कावासोती–११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले चौतारी र प्रतिक्षालयलाई पायक पर्ने स्थानमा पुनःनिर्माण गर्नुपर्नेे बताए । विकासको नाममा हुने यस प्रकारको बिनासको तत्काल विकल्प खोजिनुपर्ने र चौतारीलाई पुनः अन्य सार्वजनिक महत्वका स्थानमा स्थानान्तरणसँगै संरक्षण गर्नुपर्ने अधिकारीले बताए ।
हाम्रा पुर्खाले बाटो हिँड्दा थकान मेटाउने र गाउँबेँसी गर्दा भारी बिसाउनका लागि पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वासले चौतारी बनाउने गरिन्थ्यो । हाल त्यस्तो कार्यप्रति चासो कम भएको छ । चौतारी लोप हुन लागेकाले संरक्षणका लागि राज्यले नै विशेष कार्यक्रम सुरु गर्नुपर्ने वडाध्यक्ष अधिकारी बताए ।
बढ्दो मानव बस्ती र फैलिँदो सडकको चपेटामा परेका छन् यस्ता चौतारीहरू । ग्रामीण क्षेत्रको मौलिकता बचाउने काममा लाग्नुपर्ने स्थानीय तहको प्राथमिकतामा यस्ता विषय भने पर्न सकेका छैनन् । विकास भनेको विनास होइन । आवश्यकतानुसार मौलिकता जोगाउँदै गरिने विकासले मात्रै सही प्रतिफल दिन्छ । ग्रामीण जीवनका चिनारीको संरक्षण गरेर मात्रै विकासको गति बढाउनुपर्ने स्थानीयको भनाइ छ । –रासस
- ADVERTISEMENT -

यात्रु प्रतिक्षालय र सुस्ताउने चौतारी मासिँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













