चितवन / उद्योग वाणिज्य संघ चितवनले सडक विस्तारको नाममा नारायणगढ बजार क्षेत्रमा अन्धाधुन्द डोजर चलाएकोमा घोर भत्र्सना गरेको छ । संघले शनिबार पे्रस सम्मेलनमार्फत सडक डिभिजन कार्यालयले नारायणगढका नक्सापास एवं निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त व्यवसायिक भवनमाथि डोजार चलाईएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । अव्यवस्थित रुपमा संरचना भत्काउने कार्य गरेकोमा दुःख व्यक्त गरेको छ ।
प्रेस सम्मेलनमा बोल्दै उवा संघका अध्यक्ष चुननारायण श्रेष्ठले राज्यकै एउटा निकायले भवन निर्माणका स्वीकृति दिने र अर्कोले निर्माण सम्पन्न संरचना भत्काउने कार्य अति नै लज्जास्पद भएको बताएका छन् । अध्यक्ष श्रेष्ठले घरधनी आफैं मापदण्ड विपरितका संरचना भत्काउदै गरेको अवस्थामा नगरको सुन्दरता बिग्रिने र भवनको बाँकी संरचना समेत कमजोर हुने गरी डोजर चलाउन रोक्न माग गरेका छन् ।
मापदण्ड विपरित बनेका संरचना भत्काउने सवालमा उद्यमी व्यवसायीलाई व्यवस्थित हुने समय नदिईएको समेत उनको जिकिर थियो । उनले व्यवसायीलाई व्यवस्थित हुन समय उपलब्ध गराउने बिषयमा सरोकारवालसँग समन्वय गर्ने भनिएकोमा अप्रत्यासित रुपमा संरचना भत्काउने कार्य खेदजनक भएको बताए ।
समय नहुँदा व्यवसायीहरुको सामानमा क्षति पुगेको उनको भनाइ छ भने अव्यवस्थित तरिकाले संरचना भत्काउँदा व्यवसायीको सामान यत्रतत्र छरिएको, बैंक तथा वित्तिय संस्थाका एटिएम मेसिन, लकरमा समेत क्षति पुगेको छ ।
घरको पेटि र टप मात्रै भत्काउने सहमति भए पनि सटर समेत भत्काईएको भन्दै अध्यक्ष श्रेष्ठले खेद प्रकट गरे । कोभिड–१९ ले वित्तिय क्षेत्रमा देखिएको जटिलता र बैंक ब्याजदरमा भएको बृद्धिले थलिएका व्यवसायीहरुलाई थप आतंकित र हतोत्साहित गराएको उनको गुनासो थियो ।
विकासका लागि आवश्यक पूर्वाधारहरु निर्माण दिर्घकालीन र आवश्यक समन्वयमा हुनुपर्छ भन्ने संघको मान्यता रहेको भन्दै पेटिमा मात्र डोजर लगाउने र अन्य संरचनामा क्षति हुने तवरले कार्य नगर्ने आश्वासन दिएर अव्यवस्थित रुपमा संरचना भत्काउनु दुःखद भएको उनको भनाइ थियो ।
भरतपुरको पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडकमा पर्ने अवैध संरचनाहरु भत्काउन थालिएको हो । पुल्चोक गोन्द्राङ सडक विस्तार अन्तर्गत पुल्चोकदेखि केन्द्रीय बस टर्मिनलसम्म ५८ वटा घरको पिल्लर भत्काइनेछ ।
- ADVERTISEMENT -

राज्यकै एक निकायले निर्माण स्वीकृति र अर्कोले भत्काउनु लज्जास्पद हो – उवासंघ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.84
153.44

European Euro
1
176.39
177.09

UK Pound Sterling
1
204.26
205.06

Swiss Franc
1
192.00
192.75

Australian Dollar
1
108.12
108.54

Canadian Dollar
1
109.70
110.13

Singapore Dollar
1
118.72
119.18

Japanese Yen
10
9.55
9.59

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.23
16.29

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.45
499.40

Bahrain Dinar
1
405.30
406.89

Omani Rial
1
396.97
398.52












