ब्राजिल / ब्राजिलमा चुनाव हारेका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले वितण्डा मच्याएका छन् । उग्र समर्थकहरुले राष्ट्रपति भवन, संसद र सर्वोच्च अदालतमा छिरेर तोडफोड र आजगनी गरेको बीबीसीले जनाएको छ ।
सार्वजनिक भएका भिडियोहरुमा प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री निवास कब्जा गर्न कोसिस गरेका छन् । सर्वोच्च अदालतका सिसा फोडेका दृष्य पनि देखिएका छन् ।
अक्टोबरमा भएको चुनावमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भासँग बोल्सोनारो पराजित भएका थिए । लामो समय चुनावी परिणाम अस्वीकार गरेका उनी सर्वोच्चले चुनावलाई वैध ठहर गरेसँगै अमेरिका गएका थिए ।
उनी सत्ता हस्तान्तरण समारोहमा पनि सहभागी भएनन् । अहिले उनै पराजित बोल्सोनारोका समर्थकले राजधानीमा हंगामा मच्याएका हुन् ।
राष्ट्रपति लुलाले यो खालको गतिविधि आतंककारी गतिविधि भएकाले संलग्नहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन्। प्रहरीले अनुसन्धार गरिरहेको छ । केही अन्तर्राष्ट्रिय मिडियाहरूले बोल्सोनारोका समर्थकहरू ब्राजिलको सभामुखको कुर्सीमा बसिरहेको देखाएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ब्राजिलको राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालतमा भएको आक्रमणको निन्दा गरेका छन् ।
राष्ट्रपति बाइडेनले भने, ‘ब्राजिलमा प्रजातन्त्रमाथि भएको आक्रमणको म निन्दा गर्दछु । ब्राजिलका प्रजातान्त्रिक संस्थाहरूलाई हाम्रो पूर्ण समर्थन छ र उनीहरूको इच्छालाई कमजोर पार्नु हुँदैन । म ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग काम गर्न जारी राख्न तत्पर छु ।’
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

राष्ट्रपति भवन, संसद र सर्वोच्च अदालतमा तोडफोड

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34











