२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ पक्राउ

प्रकाशित मिति : २०७९ माघ ४ गते
- ADVERTISEMENT -

महोत्तरी / नक्कली प्रहरी वनेर लुटपाट गर्ने ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ । वर्दिबास नगरपालिका वडा नं ०४ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डदेखि चेरु माईस्थान जंगलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाइ लुटपाट गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा महोत्तरी बर्दिबास–१४ बस्ने २२ वर्षीय निरज साह सोनार, वर्ष २२ को नै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दिप लामा, २० वर्षीय सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका शैलेन्द्र राउत र धनुषा जनकपुर उपमहानगरपालिका ७ जिरोमाईल बस्ने १९ वर्षीय दिपक राउत छन ।
पीडितका अनुसार चेरुस्थित एकान्त जंगलमा पु¥याएर सिआइडीको वहानामा नगद, मोबाइल र क्यामरा लुटपाट भएको छ । ‘मलाइ उनीहरुले हात–हातमा लठ्ठी लिएर चारैतिरवाट घेरा हाले’, पिडित महतोले भने, ‘उनीहरुले त्यसपछि मोबाइल, नगद र क्यामरा लिए ।’
आफूसँग भएको डिएसएलआर क्यामरा चोरी गरेको स्वीकार्नु पर्ने नत्र बर्सिबास बजार क्षेत्रबाट चोरी भएका मोटरसाइकलको मुद्दा समेत लगाउने त्रास समेत देखाएको पीडित महतोले बताएका छन ।
चोरी भएका मोटरसाइकल विषयमा माथि खवर नगरी छाड्ने र त्यस्को बदलामा २२ हजार ५ सय थप दिनुपर्ने उनीहरुले बताएपछि पैसा लिन घर पठाएको र फर्केर आउँदा उनीहरु फरार भएको पीडित महतोले प्रहरीलाई बयान दिएका छन । उनिहरुले महतोको साथवाट मोबाइल ३ थान, क्यामरा लेन्ससहित र ७५ हजार नगद लिएर फरार भएको प्रहरीलाइ उजुरी दिएको प्रहरीले जनाएको छ ।
उजुरीको आधारमा नै आरोपित उक्त ६ जनालाई बर्दिबास नगर क्षेत्रको विभिन्न ठाउँवाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरिडाँडाका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए । आरोपित ६ जनालाइ नै जिल्ला अदालत महोत्तरीवाट १० दिनको म्याद थप गरि हिरासतमा नै राखेर अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । बर्सिबास नगर क्षेत्रमा चोरी, मोटरसाइकल चोरी जस्ता क्रियाकलापमा समेत सोही गिरोह हुन सक्ने प्रहरीको अनुमान छ ।

- ADVERTISEMENT -