२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

बाँझो बारीमा व्यावसायिक खेती गर्नेलाई १ करोडको अनुदान

प्रकाशित मिति : २०७९ माघ २३ गते

चितवन / कृषि उत्पादनलाई जोड दिदै आत्मनिर्भर बन्न प्रेरित गरिरहेको चितवनको इच्छाकामना गाउँपालिकाले लामो समयसम्म बाँझो राखिएको जमिनलाई उपयोग गर्ने नीति ल्याउने तयारी थालेको छ । जस अनुसार बाँझो जमिनलाई प्रयोगमा ल्याई उब्जाउ बनाई त्यसमा व्यावसायीक खेती गर्ने सामुहिक कृषि फर्महरुलाई अनुदान उपलब्ध गराउने गरी १ करोड रकम व्यवस्था गरिएको हो ।
गाउँपालिकाले उक्त रकम विशेष गरेर कम्तीमा ३ वर्ष भन्दा बढि समयदेखि बाँझो रहेको जमीनलाई उपयोगमा ल्याइ व्यावसायीक खेती गर्ने समूहलाई प्रोत्साहित गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालले जानकारी दिए । यो अनुदान कम्तीमा पनि १० बिगाहा भन्दा बढि बाँझो जमिन आफ्नै वा भाडामा लिई व्यावसायिक खेती गर्ने कृषि समूहलाई उपलब्ध गराईने उनले बताए ।
‘यो अनुदान रकम कम्तिमा २ वा बढिमा ३ वटासम्म समूहलाई उपलब्ध गराउछौ’ –उनले भने ‘अनुदान रकमबाट समूहले भाडा तिर्न, सिंचाई व्यवस्थापन गर्न, कृषि यन्त्र खरिद गर्न लगायतमा खर्च गर्न सक्नेछ ।’ अनुदान रकम वितरणको लागि गाउँपालिकाले यतिबेला कार्यविधि निर्माणको काम अन्तिम चरणमा पु¥याएको र छिट्टै पास गरेर कार्यान्यवन गरिने उनले बताए ।
यस्तै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिकामा उपयोग विहिन हुदै गैरहेको बाझो जमिनको उपयोगमा जोड दिइ कृषि उत्पादनलाई बढावा दिने र युवाहरुलाई स्वदेशमै रही उत्पादनसँग जोड्ने प्रयास स्वरुप काम भैरहेको बताए । ‘हामी अधिकत्तम प्रयास गरेर युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाई कृषि उद्यमशील बनाउन लागिपरिरहेका छौ’ –उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11