२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

मकवानपुरमा लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते
Photo : tukhabar

मकवानपुर / मकवानपुर प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार राति जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीले गएराति पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाई मन्दिर नजिकैबाट लागूऔषध नुफिन २०० एम्पुल, फेनरागन १९५ एम्पुल र डाईजेपाम १८९ एम्पुल गरी जम्मा ५८४ एम्पुलसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हेटौंडा–१४, मयुरधाप बस्ने २७वर्षीय सुनिल कार्की र २९ को पुर्णबहादुर दोङ लामा रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, गएराति साढे ११ बजेको समयमा पथलैयाबाट हेटौंडातर्फ आँउदै गरेको प्रदेश ३–०३–००१ प ६२७५ नं। को स्कुटरलाई शंका लागी रोकी चेकजांच गर्ने क्रममा उक्त स्कुटर चालक कार्की र स्कुटरमा सवार दोङ लामाको साथबाट उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
यस्तै, प्रहरीले सोमबार राति नै हेटौंडा–१३ थिङटोलबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध नाईट्राभेट ५८ ट्याबलेट र डाईजेपाम १२ एम्पुलसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा हेटौंडा–१२ बस्ने ३२ वर्षीय जितबहादुर बिश्वकर्मा, २१ वर्षीय अमिरबल तामाङ, २७ वर्षीय किरणराज घलान र २७ वर्षीय अजय मोक्तान रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनीहरुलाई विशेष सुचनाको आधारमा पुगेको प्रहरी चौकी पदमपोखरी मकवानपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका ६ जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11