चितवन / खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले चितवनमा राजमार्ग नजिक रहेका होटलहरुमा शुक्रबार राति अनुगमन गरेको छ । रामनगर र जुगेडीका होटलहरुमा होटलमा यात्रुलाई न्युन गुणस्तरीय खाना दिएको गुनासो आएपछि अनुगमन गरिएको हो । राजमार्गका होटलमा जिल्ला प्रशासन, खाद्य, प्रहरी, होटल व्यवसायी र पत्रकारको संयुक्त टोलीले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा अधिकांश होटलमा आवश्यक सरसफाईको व्यवस्था गरेको नपाइएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले जानकारी दिए । टोलीले जुगेडीको होटल नमस्ते नेपालमा म्याद गुज्रिएको पेय पदार्थ फेला पारेको छ । सरसफाई कायम नभएको र घरेलु तथा साना उद्योगमा दर्ता भएको प्रमाणपत्रको नविकरण समेत नभएको पाएपछि प्रशासन कार्यालयमा उपस्थितिको लागि निर्देशन दिइएको छ । श्रीनगर होटल एण्ड रेष्टुरेन्टमा खान अयोग्य मासु नष्ट गरिएको छ ।
यो होटलमा सादा खानाको मूल्य समेत अत्यधिक लिएको पाइएको छ भने सरसफाइमा पहिलाको भन्दा केही सुधार देखिएको सहायक प्रजिअ शर्माले बताए । त्यस्तै, रामनगरको मिलिजुली होटलमा खाना खाएका यात्रुले बासी खाना खुवाएको पाईएको छ ।
आफ्नो होटलमा गाडी ल्याएर रोके बापत होटल सञ्चालकले गाडी चालकलाई हरेक पटक मासु खाना र १५ सय रुपैयाँ दिने गरेको समेत सेवाग्राहीको गुनासो छ । यात्रु तथा सेवाग्राहीको स्वास्थ्यमाथि खेलवाड तथा मुल्यमा ठगी गर्ने त्यस्ता होटल सञ्चालकहरुलाई कानुन बमोजिम कारवाही गरिने प्रजिह शर्माको भनाई छ ।
अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितनवका प्रमुख घननाथ अधिकारी, घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख धिरेन्द्र प्रसाद पोख्रेल, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुसाल, होटल व्यवसायी संघ चितवनका अध्यक्ष केशव हड्खोले लगायतको टोलीले अनुगमन गरेको हो ।
- ADVERTISEMENT -

रामनगरका होटलहरु बासी खाना र मुल्यमा ठगी गर्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













