२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

घाइते सुरज गुरूङ न्यायको लागि गुहार्दै, जाहेरी लिन मानेन प्रहरी

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते

खैरहनी / खैरहनी–९, सिमलटाँडीमा एक समूहको आक्रमणबाट घाइते भएका सुरज गुरूङ छन् । फागुपूर्णिमाको दिन आक्रमण भएको र प्रहरीमा जाहेरी दिए पनि दर्ता हुन नसकेको घाइते गुरुङले आइतबार प्रेस सम्मेलन मार्फत आपत्ति जनाएका छन् ।
सिमलटाँडी चोकमा भएको फागु पर्व कार्यक्रममा घरमै बसेका बेला गुरूङमाथि आक्रमण भएको उनले बताए । कार्यक्रम नेपाल विद्यार्थी संघ भुवानीशंकरको आयोजनामा गरेको हो । सोही घटनाको विषयलाई लिएर इलाका प्रहरी कार्यालय खैरहनीमा किटानी जाहेरी लिएर गए पनि प्रहरीले दर्ता गर्न नमानेको उनले गुनासो पोखेका छन् ।
आक्रमणबाट उनको दायाँ हात नै भाँच्चिएको छ भने उनीसहित भुवानीशंकर बहुमुखी क्याम्पस नेविसंघ सभापति सुमन ठकुरी र अर्का एक जना घाइते भएका हुन् । आक्रमणबाट घाइते भएपछि ठकुरी र गुरूङले २३ गते संयुक्तरुपमा जाहेरी दिएका थिए । संयुक्त जाहेरी दिँदा राजनीतिक विषय भन्दै प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि उनले २५ गते एक्लै जाहेरी दिँदासमेत जाहेरी दर्ता नगरेको गुरूङले बताए । एक समूहले हातहतियारसहित आएर ज्यान मार्ने तरिकाले आक्रमण गरेको गुरूङको भनाइ छ ।
जाहेरीमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीमा आबद्ध युवाहरुको संलग्नता देखिएपछि घटनालाई राजनीतिक संरक्षण गर्दै नेपाली कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनाल र नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले स्ववियु निर्वाचनलाई असर गर्ने भन्दै सहमति गराएका थिए । आक्रमणमा संलग्न तीन जनालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको र राजनीतिक दलबीचको सहमतिपछि शनिबार नै छाडेको थियो ।
गुरूङले आफू कुनै पनि राजनीतिक पार्टी तथा भातृ संगठनमा नरहेको बताउँदै राजनीतिक नेतृत्वको दबाब मान्य नहुने बताएका छन् । ‘आक्रमणबाट घाइते हुने म, कांग्रेस सभापतिले सहमति गरेर हुन्छ ?’ घाइते गुरूङले भने, ‘म कुनै दल, संगठनमा आबद्ध छैन्, मसँग कुनै छलफल नगरी कसरी सहमति हुन्छ ? कुनै पार्टीको सभापतिले गरेको भनेको सहमति मान्न सकिँदैन ।’
घटना खैरहनीमा भएकाले आफूले इलाका प्रहरी कार्यालय खैरहनीमै जाहेरी दिए पनि कार्यालयले दर्ता गर्न नमानेको उनको आरोप छ । यस विषयमा इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक भानु खड्कासँग बुझ्दा घटनालाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयमा पठाइएकाले यसबारे थप नबोल्ने बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले घटनाका विषयमा अनुसन्धान भइरहेको र मिलापत्र नभएको बताए । ‘हामी अनुसन्धानकै क्रममा छौँ’, प्रहरी उपरीक्षक कार्कीले भने, ‘पीडक भनिएकाहरुलाई तारेखमा छाडेका छौँ’, पीडितले जाहेरी दिन सक्छन्, हामी दर्ता गर्छौं ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34