–बबिलाल तामाङ
खैरहनी । पर्सा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पूर्वअध्यक्ष शेरमान तामाङ कुनै समय महिनामा लाखौँ रूपैयाँ आम्दानी गर्थे । छ वटासम्म उद्योग नै चलाएका शेरमान सामाजिक काममा पनि उत्तिकै सक्रिय थिए । समाजको लागि आफू सकिएरै भए पनि काम गर्ने स्वभावकै कारण उनले आफूसँग भएका सबै सम्पत्ति सकाए ।
तिनै ७८ वर्षीय शेरमान तामाङलाई उनले समाजमा गरेको योगदानको मूल्याङ्कन गर्दै गाउँले अगुवा मिलेर खैरहनी–९ मा घडेरी किनेर घर बनाइदिन सुरू गरेका छन् । गाउँलेले वडा नं.८ को सीमाना लाहुरेचोक नजिकै १३ धुर जग्गा किनेर घर बनाइदिन लागेका हुन् । अहिले जगको कामसमेत सुरू गरिसकेको सामाजिक अभियन्ता हरि पुनले जानकारी दिए ।
प्रतिव्यक्ति आर्थिक संकलन गरेर जग्गा खरिद गरेका सामाजिक अभियन्ताको समूहले घर निर्माणको लागि आवश्यक सहयोग जुटाएर काम गरिरहेका उनले बताए । ‘अहिले ढुंगा, इट्टा, गिटी आदि निर्माण सामग्री झारिरहेका छौँ,’ उनले भने, ‘सकेसम्म चाँडोभन्दा चाँडो घर निर्माण गरेर हस्तान्तरण गराउने योजनामा छौँ ।’
‘एक थुकी सुकी, सय थुकी नदी’ भनेजस्तै धेरै जना मिलेर एक जना अभियन्ताको घर निर्माणमा जुटेको अभियानमा सक्रिय सामाजिक अभियन्ता मुरलीप्रसाद गजुरेल बताउँछन् । ‘उहाँले कहिल्यै पनि आफ्नो लागि सोच्नुभएन । सधैँ समाजकै लागि भनेर आफू सकिएरै दगुर्नुभयो,’ गजुरेल भन्छन्, ‘त्यसैले हिजो हाम्रा लागि काम गर्नेलाई आज हामीले देख्न सक्नुपर्छ भन्ने उदाहरण पेश गर्न खोजेका हौँ ।’
नेपाली समाजमा मान्छे मरिसकेपछि बल्ल गुनगान गाउने प्रचलन बढिरहेको हुँदा समाजको लागि राम्रो काम गर्नेलाई जीवित छँदै सहयोग र सम्मान गर्नुपर्ने उनको भनाइ छ । ‘त्यसैले राज्यबाटै हुनुपर्ने काम नभएपछि हामीले केही व्यक्ति मिलेर घर बनाइदिन लागका हौँ,’ उनी भन्छन् । उनका अनुसार स्थानीयकै नेतृत्वमा संकलित रकमबाट १८ लाख ३९ हजार रूपैयाँ मूल्यमा १३ धुर जग्गा किनेर घर बनाउने काम थालिएको हो ।
समाजका लागि योगदान दिँदादिँदै आफैँ घरबारविहीन हुन परेको भन्दै त्यस्ता व्यक्तिलाई पुरानै अवस्थामा फर्काउन नसके पनि आफू बस्ने छानोसम्म बनाइदिने प्रयास गरिएको अर्का स्थानीय टिकाराम कुँवरले बताए । ‘आजसम्म स्थानीयबाट राम्रो साथ पाएका छौँ’, उनले भने, ‘घडेरी खरिदमा जस्तै घर बनाउने विषयमा पनि जागरूक भएर लाग्नु हुनेछ भन्नेमा हामीले आशा गरेका छौँ ।’
हिजो गरेको कामकै आधारमा आज समाजले सम्झिएको देख्दा बेलाबेला भावुक हुन्छन्, शेरमान तामाङ । नयाँ ठाउँमा नयाँ घर
पाउने भएपछि भावुकसँगै औधी खुसी छन् उनी ।
खासगरी पर्सा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नेतृत्व गर्ने क्रममा उनले सबै सम्पत्ति सकाएका थिए । आफू नेतृत्वमा रहँदै गर्दा गाउँमा आएको विकास बजेट अभावकै कारण रोकिने देखिएपछि आफूसँग भएको सम्पत्ति प्रयोग गरेरै उनले खानेपानी निर्माणको काम सकाएका थिए ।
त्यसयता घरबारविहीन बनेका उनले संस्थाको नेतृत्व छाडेको दुई वर्षपछि नयाँ घर पाउन लागेका हुन् । समाजले घर नै बनाइदिने भएपछि समाजमा राम्रो गर्नेलाई भवगानले हेर्दोरहेछ भन्ने महसुस भएको उनी बताउँछन् ।
विसं २०५६ सालमा खानेपानी आयोजनाको काम थाल्दा दुई करोड रूपैयाँ ऋण खोजेर जम्मा गरेपछि कामले गति लिएको स्मरण गर्दै उनले भने, ‘कुल चार करोड ५५ हजार रूपैयाँ लागतमा निर्माण हुन लागेको आयोजनामा आधा रकम जम्मा गर्न नसक्दा गाउँले नै खानेपानीबाट वञ्चित हुनुपर्ने अवस्था आएपछि मैले आँट गर्दा आयोजना सम्पन्न भएको थियो ।’
उनका अनुसार त्यतिबेलाको ऋण अहिलेसम्म पनि तिरेर सकेको छैन । अझै पनि ४० लाख रूपैयाँ हाराहारीमा ऋण तिर्न बाँकी रहेको उनले सुनाए । तर, गाउँलेले घर नै बनाइदिएपछि पुरानो ऋण बिस्तारै तिर्दै जाने उनको योजना छ ।
- ADVERTISEMENT -

समाजको लागि सम्पत्ति खर्चेका शेरमानलाई घर–घडेरी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













