२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

लागूऔषधसहित तीन जना पक्राउ

प्रकाशित मिति : २०७९ चैत्र २४ गते
- ADVERTISEMENT -

मकवानपुर / मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाईस्थित पुर्व–पश्चिम सण्डकखण्डबाट आज (शुक्रबार) दिउँसो अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कन्चनपुरको भिमदत्त नगरपालिका वडा नम्वर १८ घर भई हाल नवलपरासी गैंडाकोट नगरपालिका वडा नं. १ बस्ने २७ वर्षीय सन्तोष सिंह बाग, चितवनको भरतपुर महानगरपालिका– २ बस्ने ३५ वर्षीय ईश्वर श्रेष्ठ र सोही ठाउँ बस्ने ३४ वर्षीय रमेश घले रहेका छन् ।
उनीहरुलाई लागूऔषध नाईट्राभेट २९९ ट्याबलेटसहित प्रहरी चौकी रातोमाटे र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेड क्वाटर मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, शुक्रबार दिउँसो १२ः२० बजेको समयमा बिरगंजबाट हेटौंडातर्फ आउदै गरेको बागमती प्रदेश ०३–००१ ह १३७२ नं. को अटोलाई शंका लागि चेकजाँच गर्ने क्रममा अटो चालक सन्तोष, सोही अटोमा सवार ईश्वर र घलेले लुकाई छिपाई ल्याएको सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानको साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -