काठमाडौं / नेपाल प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, धादिङ र मोरङ गरी तीन छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ३० ट्याबलेटसहित रामेछाप मन्थली नगरपालिका–२ बस्ने १९ वर्षीय बिष्णु बस्नेतलाई शुक्रबार बिहान पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रूपमा खटिएको टोलीले धरानदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ९३६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारबाट अवैध लागूऔषध गाँजा ९ केजी ८ सय ७५ ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका–६ बस्ने २७ वर्षीय प्रकाश पोख्रेल र गजुरी गाउँपालिका–६ बस्ने ३६ वर्षीय ओम बहादुर मगर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु.१ ख ९९१७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार प्रकाशको साथबाट ४ केजी २ सय ग्राम र ओम बहादुरको साथबाट ५ केजी ६ सय ७५ ग्राम गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी, मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ७० ट्याब्लेट, लुपिजेसिक २ एम्पुल, एभिल २ एम्पुल, फेनारगन २ एम्पुल र डाइजेपाम २ एम्पुलसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–३ बस्ने १९ वर्षीय सुनिल राई र सोही ठाउँ बस्ने २० वर्षीय प्रदिप लिम्बु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित पाँच पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.24
152.84

European Euro
1
175.62
176.32

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.37
188.11

Australian Dollar
1
107.55
107.97

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.58
22.67

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.76
41.92

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.45
41.62

Malaysian Ringgit
1
37.26
37.41

South Korean Won
100
10.75
10.80

Swedish Kroner
1
15.96
16.02

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.40
19.48

Kuwaity Dinar
1
495.49
497.45

Bahrain Dinar
1
403.79
405.38

Omani Rial
1
395.41
396.97













