चितवन / स्थानीय तहले सर्वसाधारणको जीवनस्तर उठाउन सक्ने गरी काम गर्न नसकेको सरोकारवालाहरुले बताएका छन् । शुक्रबार (आज)देखि नारायणघाटमा सुरु भएको चित्तौने कचेहेरी अन्र्तगत ‘घर गाउँको सिंहदरबारः कत्ति विकास कति शासन ?’ शिर्षकमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै वक्ता पत्रकार दिपक आचार्यले स्थानीय तहले भौतिक विकासमा जोड दिँदा सर्वसाधारणको जीवनस्तर उठ्न नसकेको बताए ।
‘स्थानीय तहका जनप्रतिनिधि विदेशी मोडेलमा सडक, भ्यूटावर जस्ता पूर्वाधार बनाउन लागे । जीवन उपयोगी र आर्थिकस्तर उकास्न लागेनन्’ उनले भने, ‘स्थानीय तहले उत्पादनमुखी कार्यक्रम ल्याउन जरुरी छ ।’ तर, अहिले नागरिकले विकास नभई शासन भागेको उनको भनाइ थियो । उत्पादनमुखी कानुन, बजार व्यवस्थापन, कृषि र पर्यटनको विकास गर्ने गरी स्थानीय तह लाग्न उनको सुझाव थियो ।
राप्ती नगरपालिका प्रमुख शमशेर लामाले राप्ती नगरपालिका नागरिकलाई श्रमसँग सिपलाई जोडेर आत्मनिर्भर बनाउने बताए । उनले पाँच वर्षभित्र खानेपानी, सडक, शिक्षा, स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले चेपाङ समुदायको जीवनस्तर उकास्ने काम गरिरहेको बताए ।
माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महत्तोले राष्ट्रिय निकुञ्जको ऐनका कारण माडीमा विकास गर्न नसकिएको बताए । ‘माडीमा खहरे खोला छन् । हामीलाई खोला संरक्षण गर्न रोकावट छ । सडक कालोपत्रे गर्न पाएका छैनौँ, राती १० बजेदेखि हिड्न पाउँदैनौँ,’ उनले भने, ‘यस्ता कारणले माडीमा बसाइँसराई हुने संख्या बढ्दै छ ।’
उनले माडी नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाएको दावी गरिन् । ‘सानो इकाईमा रहेका विद्यालयलाई मर्ज गर्यौँ । अहिले एमविविएस, बिडिएस, विएसि नर्सिङ, इन्जिनियरिङ, पढ्ने विद्यार्थीलाई छात्रवृत्ती दिँदै आएका छौँ । दुई छोरीलाई उच्च शिक्षा निःशुल्क गरेका छौँ,’ उनले भने, ‘माडीमा कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहुन भनेर स्वयसेवक शिक्षक समेत उपलब्ध गराएका छौँ ।’ माडीको संस्कृति तथा कलाको संरक्षणका लागि पाठ्यक्रममा नै समावेश गरिएको उनले बताइन् ।
घर गाउँको सिंहदरबारः कति विकास कति शासन ? शिर्षकमा विनोदबाबु रिजालले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा केपिकिरण शर्मा र गोविन्द न्यौपानेले आफ्नो भनाइ राखेका थिए । स्थानीय तहले पछाडि परेका समुदायको लागि स्थानीय तहले काम गर्न नसकेको उनीहरुले भनाइ थियो ।
- ADVERTISEMENT -

‘स्थानीय तहले जीवनस्तर उठाउने काम गरेनन्’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














