२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

चन्दा असुली गरेको अभियोगमा २ जना पक्राउ

प्रकाशित मिति : २०८० जेष्ठ ३ गते
Sketch
- ADVERTISEMENT -

काठमाडौं / काठमाडौंका विभिन्न विद्यालय, कलेज, कम्पनी, व्यापारी, उद्योग, कलकारखाना, वैक्वेट लगायतबाट अवैध रूपमा चन्दा असुली गरेको अभियोगमा २ जनालाई काठमाडौं लैनचौरबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बैतडी नगरपालिका–३ घर भई ललितपुर चाँगाथली बस्ने ४२ वर्षीय अमृत कार्की र सल्यान वागचौर नगरपालिका–६ घर भई काठमाडौं जोरपाटी बस्ने ३२ वर्षीय डि.वि. चन्द भन्ने धनबहादुर चन्द रहेका छन् ।
उनीहरूले अवैध रुपमा चन्दा माग गरी असुल उपर गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न आफूलाई अखिल नेपाल ट्रेड युनियन मजदुर संघको केन्द्रीय सदस्य बताउने अमृत र अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य बताउने धनबहादुरलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

- ADVERTISEMENT -