काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनामाथि तीन दिनको म्याद थप गरिएको छ । उक्त प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनामाथि आवश्यक अनुसन्धान गर्न तीन दिनको म्याद थप गरिएको हो ।
उनीहरुलाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । त्यस क्रममा अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरी स्रोतले बतायो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा प्रतिनिधि सभा सदस्य तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १६ जना पक्राउ परेका छन् ।
संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराधलगायत विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुमाथि अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गरेको थियो ।
भुटानी शरणार्थी प्रकरण : १६ जनामाथि पुनः म्याद थप

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
