२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

तामाङ पत्रकार संघ अक्षयकोषका लागि साढे छ लाखको घोषणा

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते

–बबिलाल तामाङ
चितवन । तामाङ पत्रकार संघ केन्द्रीय समितिबाट थालनी गरिएको अक्षय कोषका लागि साढे छ लाख रकम संकलन हुने भएको छ । जेठ ५ र ६ गते काठमाडौंमा सम्पन्न पहिलो राष्ट्रिय भेलाबाट विभिन्न व्यक्तित्वहरुबाट एकमुष्ठ साढे ६ लाख रकम प्रदान गर्ने घोषणा भएको तामाङ पत्रकार संघका संघीय अध्यक्ष सुभाष तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङले अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट आगामी दिनमा सामाजिक कार्य तथा पत्रकारको हकहितको लागि खर्च गरिने बताए । भेलामा १० लाख अक्षय कोषको स्थापना गरिएको थियो भने अन्य नपुग रकमका लागि इच्छुक व्यक्ति तथा संघसंस्थाहरुसँग पहल गरिने उनको भनाइ छ ।
यसैबीच संघले राष्ट्रिय भेलाको अवसर पारेर श्रमजीवी स्मारिका विमोचन गरेको छ । स्मारिकाबाट उठ्ने रकमलाई पनि अक्षयकोषमा समावेश गरिने संघले जनाएको छ । उक्त स्मारिकामा अग्रज तामाङ समुदायका व्यक्तित्वहरु अमरध्वज तामाङ, जगत दोङ, फूलमान बल, नेत्र तामाङ, रविन्द्र तामाङ, दिपेन्द्र तामाङ, प्रतिक तामाङलगायतको अनुभव र सफलताको कथा समावेश गरिएको छ ।
भेलाको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले गरेका हुन् । उद्घाटन पश्चात भेलामा बोल्दै मन्त्री लामाले तामाङहरुको मुद्दालाई प्राथमिकता राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री लामाले तामाङ समुदाय पछिल्लो समय सशक्त ढंगले अगाडि बढेको बताए । राजनीतिक, शैक्षिक, सामाजिक क्षेत्रमा संख्यात्मक रुपमा वृद्धि भएको उनको भनाइ थियो ।
भेलामा देशैभरका जिल्ला शाखाका अध्यक्षहरुले संस्थागत गतिविधि तथा आगामी कार्ययोजनाहरुको बारेमा जानकारी गराएका थिए । तामाङ पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा टिकाइ राख्न निकै कठिन भएको जिल्ला शाखाका अध्यक्षहरुको भनाइ थियो ।


कार्यक्रममा तामाङ पत्रकार संघका पूर्वअध्यक्ष जगत दोङ, सल्लाहकार एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का उपाध्यक्ष अमरध्वज लामा, गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार सदस्य वंशलाल तामाङ, बुढानीलकण्ठ नगरपालिका काठमाडौंका उपमेयर अनिता लामा, बागमती प्रदेशका प्रेस संचार रजिष्ट्रार रेवती सापकोटा लगायतले प्रस्तुति दिएका थिए ।
कार्यक्रम तामाङ पत्रकार संघ संघीय अध्यक्ष शुभाष तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन महासचिव तीर्थमान बलले गरेका हुन् ।
कार्यक्रममा ६० जना बढी तामाङ पत्रकारहरूको उपस्थिति रहको थियो । देशभर करिब चार सय बढी श्रमजीवी तामाङ पत्रकारहरु रहेका छन् भने २२ जिल्ला, दुई प्रदेश र एक प्रवासमा समेत संगठन विस्तार भइसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.88
152.48
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
203.73
204.54
Swiss Franc
1
190.78
191.53
Australian Dollar
1
106.92
107.35
Canadian Dollar
1
108.58
109.01
Singapore Dollar
1
118.30
118.77
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.35
41.52
Malaysian Ringgit
1
37.43
37.58
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
494.32
496.27
Bahrain Dinar
1
402.78
404.38
Omani Rial
1
394.47
396.03