२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

एन्टिबायोटिकको गलत प्रयोगले सबै क्षेत्रमा गम्भीर असर : विज्ञ

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते

चितवन / संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा जैविक प्रतिरोधको रोकथाममा सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रम सम्पन्न गरेको छ । युएसएआइडीको सहयोगमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार भरतपुरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा विज्ञहरुले जथाभावी रुपमा औषधिको प्रयोग हुँदै गएकोले एन्टिबायोटिकहरु प्रभावहीन हुँदै गएको बताएका छन् । एन्टिवायोटिक सेवन लापरवाही तरिकाले हुने गरेकोले मानिस, वातावरण र जनावरको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै यस क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञहरुले चिकित्सकले सिफारिस गरेको पूरा औषधि नखाने, औषधि पसलेले उमेर र तौलको अनुपातमा एन्टिबायोटिकको मात्रा मिलाएर दिन नसक्ने, कतिपय चिकित्सकले कीटाणुको जाँच नगरीकनै औषधि दिँदा एन्टिबायोटिकको गलत प्रयोग हुन पुगेको बताएका छन् ।
एन्टिबायोटिकको दुरूपयोगले जनस्वास्थ्यमा गम्भीर चुनौती ल्याएको बताउँदै युएसएआइडीका सिनियर प्राविधिक सल्लाहकार डाक्टर सन्तोष दुलालले एन्टिबायोटिकले काम नगर्दा विभिन्न ब्याक्टेरियाबाट हुने सङ्क्रामक रोगको उपचारमा समस्या देखिएको बताए । ब्याक्टेरियाबाट हुने सङ्क्रमणको उपचारमा एन्टिबायोटिक प्रयोग गरिन्छ, तर यसको जथाभावी प्रयोगले गर्नुपर्ने काम गर्न छाडेको उनी बताउँछन् ।
डा दुलालका अनुसार पछिल्लो समय नागरिकहरु चिकित्सकसमक्ष नपुगी फार्मेसीबाट औषधि किनेर खाने गरेकाले पनि समस्या ल्याएको हो । अझ कतिपय स्थानमा त औषधि बेच्ने लाइसेन्स नपाएका व्यक्तिहरुले समेत फार्मेसीमा बसेर औषधि बिक्रीवितरण गर्दै आएका छन् । सुरूमा सामान्य औषधि दिनुपर्नेमा एकैपटक ठूलो शक्तिको ‘सेकेन्ड लाइन वा लास्ट रिसोर्ट’ एन्टिबायोटिक दिँदा अर्कोपटकबाट औषधिले बिस्तारै काम गर्न छाड्छ ।
पाँच सय रूपैयाँको टिकट काटेर जँचाउनुभन्दा फार्मेसीमा फुत्त गएर औषधि सेवन गर्ने प्रवृत्तिले जोखिम निम्त्याउँछ । डा। दुलाल भन्छन्, ‘बिरामी पनि दोषी छन् । ज्वरो आयो एन्टिबायोटिक खाइदिऊँ कि क्या हो भन्ने पनि छन् ।’
एन्टिबायोटिक सेवन गरेको एक–दुई दिनमा बिसेक महसुस गर्दै औषधि छोड्ने प्रवृत्ति छ । एन्टिबायोटिकको पूरा अवधि सेवन गर्नुपर्छ । तर, एक–दुई चक्की खानेबित्तिकै निको भएको महसुस गर्दै बीचैमा छोड्दा पनि रेसिस्टेन्ट बढ्ने उनी बताउँछन् । डा। दुलाल भन्छन्, ‘एन्टिबायोटिकको सही प्रयोग नभएमा रोगको कीटाणु मर्नुको सट्टा बलिया हुन्छन् । पछि त्यही औषधि प्रयोग गर्दा रोगका कीटाणु मर्दैनन् ।’
औषधिको गुणस्तर कम, फार्मेसीको हेलचेक्र्याइँ, पूरा डोज सेवन नगर्नु, चिकित्सकले प्रयोगशालाको निदानको प्रमाणबिना हचुवामा प्रेस्क्रिप्सन लेख्ने, ल्याब परीक्षण नगरी एन्टिबायोटिक खान अनुरोध गर्नु, औषधिको जथाभावी भण्डारण र डम्पिङजस्ता कमजोरीले एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् रोगप्रतिरोधी समस्या ल्याएको युएसएआइडीका जर्नालिस्ट कसल्टेन्ट अर्जुन अधिकारीले बताए ।
जलवायु परिवर्तन, सूक्ष्म जीवाणुहरुको छिटो–छिटो परिवर्तन, परिमार्जित जीवाणुहरुद्वारा नयाँ महामारीहरु देखिनु, रोगहरु वृद्धि हुँदै जानु, गुणस्तरीय उपचार नपाउनु, खाद्य पदार्थ र पशु उत्पादनमा एन्टिबायोटिक वा पेस्टिसाइडको जथाभावी प्रयोग, अस्पतालको फोहोर र प्रदूषकहरुले अनुचित खोलानालामा डम्पिङ गर्नुले एन्टिमाइक्रोबियल रेसिस्टेन्सको जोखिम बढाएको युएसएआइडीकी क्लिनिक कसल्टेन्ट विवेका श्रेष्ठले बताइन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार जीवाणु प्रतिरोधी सङ्क्रमणको कारण विश्वभर हरेक वर्ष करिब सात लाख मानिसको मृत्यु हुने गरेको छ । यही अवस्था रहिरहेमा सन् २०५० सम्ममा बर्सेनि एक करोड मानिसको मृत्यु हुने र करिब ६६ अर्ब पाउन्ड आर्थिक क्षति हुने चेतावनी संगठनको छ । यसको सबैभन्दा ठूलो असर नेपाललगायत एसिया तथा अफ्रिकाका विकासोन्मुख देशमा बढी पर्नेछ ।
विकसित देशले प्रतिरोधी जीवाणुविरूद्धका नयाँ एन्टिबायोटिक उत्पादन गर्ने क्षमता राख्छन्, तर विकासोन्मुख देशको यस्तो क्षमता नभएकाले जैविक प्रतिरोधी सङ्क्रमणको उच्च जोखिममा नेपाल रहेको युएसएआइडीका प्रमुख प्राविधिक मदनकुमार उपाध्यायले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66