चितवन / भरतपुर ११ भोजाड स्थित छेच्यु थर्पलिङ गुम्बा परिसरमा वृक्षरोपण गरिएको छ । गुम्बा परिसरमा विभिन्न जातिका (धुवी, कागती, अम्बा, कपुर, मेन्गो स्टिक लगायत) ४ सय वटा विरुवा रोपिएको गुम्बाका अध्यक्ष पञ्चबहादुर लामाले जानकारी दिए ।

भरतपुर महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष कमल मल्लद्वारा वृक्षरोपण सुरु गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष मल्लले वृक्षरोपणले हरियाली छाउनु सँगसँगै मानव स्वास्थ्यमा समेत फाइदा पुग्ने बताए ।
उनले बोटविरुवाबाट अक्सिजन पाइने हुनाले वडावासीलाई आआफ्नो घर वरपर वृक्षरोपण गर्न आग्रह समेत गरे । वृक्षरोपणले विनाशकारी बाढी, पहिरो, भूक्षयलगायतका क्षतिबाट बच्न सकिने भएकाले सबैले ध्यान आवश्यक रहेको उनको भनाइ थियो ।
वृक्षरोपण कार्यक्रममा भरतपुर नगर तामाङ समाजका सचिव सीताराम मोक्तान, दुध पोखरी तामाङ गुठीका उपाध्यक्ष इन्द्रकुमारी थोकर, ह्योल्मु समाजका यमन थोकरलगायतको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -












































