चितवन / चितवनमा विकास बजेटको ३५ प्रतिशत भुक्तानी असार मसान्तमा मात्रै भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार असारमा रु दुई अर्ब २४ करोड ७५ लाख ९३ हजार भुक्तानी भएको हो । सङ्घतर्फको रु नौ अर्ब २३ करोड ७५ लाख ५३ हजार रहेको पुँजीगत बजेटमध्ये रु छ अर्ब ६९ करोड २१ लाख १७ हजार नौ सय ९९ को वित्तीय प्रगति भएको कार्यालयले जानकारी दिएको छ ।
चितवनमा आर्थिक वर्ष २०७९/८० मा ३७ प्रतिशत विकास बजेट फ्रिज भएको छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट विनियोजित बजेटमध्येबाट रु चार अर्ब ८४ करोड ३८ लाख ४१ हजार खर्च हुन नसकेर फिर्ता भएको हो । कार्यालयका अनुसार जिल्लामा सङ्घ र प्रदेश सरकारको पुँजीगत बजेट रु १३ अर्ब सात करोड २० लाख २८ हजार विनियोजन भएको थियो । त्यसमध्ये रु नौ अर्ब ३७ करोड सात लाख ५३ हजार मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी मुक्तिप्रसाद चापागाईँले जानकारी दिनुभयो ।
सङ्घीय सरकारबाट चितवनका लागि रु नौ अर्ब २३ करोड ७५ लाख ५३ हजार पाँच सय १७ पुँजगत बजेट विनियोजन भएको थियो । त्यसमध्ये रु छ अर्ब ६९ करोड २१ लाख १७ हजार नौ सय ९९ मात्र खर्च हुन सकेको चापागाईँले बताउनुभयो । यसरी सङ्घको विकास खर्चको वित्तीय प्रगति हेर्दा ७२ प्रतिशत मात्र देखिन्छ ।
चितवनमा सङ्घ र प्रदेशको कूल बजेट रु २९ अर्ब ३२ करोड २८ लाख ३५ हजार थियो । रु २४ अर्ब ४८ करोड ६९ लाख ९४ हजार खर्च भएको छ । यसरी हेर्दा ८३ प्रतिशत वित्तीय प्रगति भएको देखिन्छ । चालुतर्फ खर्च बढी हुँदा समग्रमा वित्तीय प्रगति सन्तोष जनक देखिएको हो ।
चितवनमा पुँजीगत बजेटभन्दा चालु बजेट बढी थियो । यसको वित्तीय प्रगति पनि राम्रो छ । सङ्घ र प्रदेशको चालु बजेट रु १६ अर्ब २५ करोड ८१ हजार थियो । सङ्घतर्फ चालु बजेट रु १४ अर्ब २० करोड चार लाख ६४ हजार पाँच सय ८२ थियो । सङ्घतर्फको चालु खर्च ९५ प्रतिशत छ । रु १३ अर्ब ४४ करोड ४० लाख ७४ हजार खर्च भएको छ ।
सङ्घतर्फको चालु खर्च सबैभन्दा बढी विपी कोइराला क्यान्सर अस्पतालको हुन सकेको छैन । अस्पतालमा कार्यकारी नहुँदा वैशाखदेखि त्यहाँका कर्मचारीले तलब पाएका छैनन् । रु तीन करोड हाराहारीमा अस्पतालको चालुतर्फको रकम फ्रिज भएर फिर्ता भएको छ । प्रदेशतर्फको चालु बजेट रु दुई अर्ब पाँच करोड तीन लाख थियो । त्यसमध्ये रु एक अर्ब ६७ करोड २१ लाख खर्च भएको छ ।
चितवनमा सङ्घतर्फ चालु र पुँजीगत गरी कूल बजेट रु २३ अर्ब ४३ करोड ८० लाख १४ हजार थियो । त्यसमध्ये रु २० अर्ब १३ करोड ६१ लाख ९२ हजार खर्च भएको छ । पुँजीगत र चालुतर्फको बजेट हेर्दा वित्तीय प्रगति सन्तोषजनक रहेको चापागाईँले बताउनुभयो । “सङ्घको चालु खर्च ९४ प्रतिशत भएको छ, पुँजीगत खर्च ७२ प्रतिशत देखिन्छ, यसरी समग्रमा ८५ दशमलव ९१ प्रतिशत खर्च भएको छ”, उहाँले भन्नुभयो । रासस
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

३७ प्रतिशत विकास बजेट फ्रिज – कोलेनि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48












