२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

‘म्हाणी गर्दा दिवंगत आत्माले शान्ति पाउने विश्वास’

प्रकाशित मिति : २०८० श्रावण १८ गते

तामाङ समुदायमा संस्कृति जोगाउन पुस्तान्तरण आवश्यक
–बबिलाल तामाङ
चितवन । भरतपुर नगर तामाङ समाजका अध्यक्ष तथा भरतपुर महानगरपालिकाका वरिष्ठ ईञ्जिनियर सूर्यप्रकाश लामाले तामाङ समुदायमा अझै पनि ऐन, नियम र कानुनसम्बन्धी जानकारीको अभाव भएको बताए । मञ्जुश्री म्हाणिपा आमा समूह भरतपुर ११, भोजाडको छेच्यू थर्पलिङ गुम्बामा शनिबार सम्पन्न छैंठो साधारण सभा तथा प्रथम अधिवेशनको अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत अध्यक्ष लामाले सो बताएका हुन् ।
तामाङ समुदायमा धैर्यताको अभाव भएकोले यसलाई सुधार्दै लैजानु पर्ने र संयमित भएर अघि बढ्न सके मात्र हरेक काम कारवाहीमा सफलता पाइने उनको भनाइ थियो ।
उनले सो अवसरमा बोल्दै तामाङ समुदायको संस्कारमा मृत्युपछि गरिने म्हाणी लागि म्हाणिपा आमा समूहको वि.सं. २०७४ सालमा स्थापना भएको बताए । म्हाणी गर्दा दिवंगत आत्माले शान्ति पाउने तामाङ समुदायको बुझाई छ ।
म्हाणी कार्यले तामाङ समुदायको संस्कार, संस्कृति जोगाउन सकिने उनले बताए । यो कार्यको निरन्तरताले आउने पुस्तामा पनि पुस्तान्तरणका लागि सहयोग पुग्ने समुदायको विश्वास रही आएको छ ।
हामी तामाङ बुद्धिष्ट भएकोले हाम्रो संस्कृतिले हामी तामाङ हो भन्ने पहिचान दिलाउने र यो कार्यमा म्हाणिपा आमा समूहको ठूलो योगदान रहेको उनको भनाइ थियो । समूहले विगत ६ वर्षदेखि छेच्यु थर्पलिङ गुम्बामा म्हाणी कार्य गर्दै आएको छ ।


समूहले गर्ने हरेक गतिविधिमा भरतपुर नगर तामाङ समाजको सहकार्य हुने उनले प्रतिबद्धता व्यक्त गरे । हरेक गतिविधिमा सहकार्य निरन्तरता रहनेमा जोड दिँदै नगर तामाङ समाजबाट हुने जुनसुकै कार्यक्रममा सहभागी गराउँदै लैजाने उनले विश्वास दिलाए ।
कुनै पनि संस्था गठन गर्न व्यक्तिको आवश्यकता हुने र व्यक्तिव्यक्ति मिलेर नै संस्थाको गठन हुने हुँदा सबैलाई मिलेर नै अघि बढ्नुपर्ने सुझाव दिए । ६ वर्षअघि जालमाया पाख्रिनलगायतको ठूलो समूहको अग्रसरतामा सो संस्था गठन भएको हो भने गठनपछि समुदायमा विभिन्न गतिविधिहरु गर्दै आएको छ ।
यसअघि भरतपुरवासी तामाङ समुदायमा म्हाणी गर्ने चलन नभएको र अन्य ठाउँको तामाङ समुदायले म्हाणी गर्ने गरेको देखासिकी भरमा यो संस्थाको जन्म भएको उनको भनाइ थियो । संस्था स्थापनापछि मात्र भरतपुरमा म्हाणिपा गर्ने चलन चलेको हो ।
‘संस्था स्थापना भएपछि साधारण सभा र अधिवेशन गर्नुपर्ने हुन्छ भने संस्था चलायमान बनाउन विधानको अधिन रही काम गर्नुपर्छ ।’ उनले भने, ‘त्यसपछि मात्र संस्थाको गतिविधि चुस्तदुरुस्त हुन्छ ।’
तामाङ जातिमा चाँडै रिसाउने बानी भएकोले यस किसिमको बानीमा सुधार ल्याउनु पर्ने उनको सुझाव थियो । एक विषय र छलफलमा असहमति हुँदैमा संस्था नै छोड्न नहुने उनको भनाइ थियो । समुदायमा यस किसिमको प्रवृत्ति हावी भएको जिकिर गरे ।
उनले समूहमा बसेपछि त्यस्ता एक असहमतिलाई त्याग्दै अघि बढ्न आग्रह गरे । कुनै एक विषयको छलफलमा असहमति हुँदैमा संस्थालाई आँच आउने गतिविधि गर्नु उचित नभएको सुझाव थियो । संस्थामै बसेर अरु अन्य विषयमा छलफल गरेर सहमतिको विन्दु निस्कन सक्ने र निकाल्नु वेश हुने उनले भने ।
बैठकको असहमतिको विषयलाई लिएर समूहमा कुरा नमिल्दैमा छोडी भाग्ने प्रवृत्तिले संस्थालाई गम्भीर असर पुग्ने उनको भनाइ थियो । संस्थालाई आघात हुने काम गर्न नहुने र आगामी दिनमा सुधार्दै लैजानु पर्ने उनले धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ चितवनका पूर्वअध्यक्ष मोहन स्याङ्बो, भरतपुर नगर तामाङ समाजका निवर्तमान अध्यक्ष पासाङ तामाङ, समाजका पूर्वसहसचिव शम्भुलाल पाख्रिन, दूधपोखरी तामाङ समाजका कोषाध्यक्ष आइतीमाया तामाङलगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम मञ्जुश्री म्हाणिपा आमा समूहका अध्यक्ष जालमाया पाख्रिनको सभापतित्व सम्पन्न भएको हो भने संचालन अधिवक्ता अजयकुमार तामाङले गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45