२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

सहकारी शिक्षा तथा मोवाइल बैंकिङ् सेवा अभिमुखिकरण

प्रकाशित मिति : २०८० श्रावण २९ गते

चितवन / हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा तथा मोवाइल बैंकिङग सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि, सामुदायिक विकासलाई बढावा दिन र आधुनिक प्रविधिलाई आत्मसात् गराउनको लागि संस्थाका जीतपुर सेवाकेन्द्रका सदस्यहरुलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको हो ।

संस्थाका शिक्षा उपसमितिका संयोजक देशबन्धु अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष डन्डपाणि रिजाल रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले सहकारी र सामुदायिक विकास बीचको सहजीवी सम्बन्धलाई प्रकाश पार्दै उनले भने “सहकारीहरू हाम्रो समुदायको आर्थिक परिवर्तनको आधार हो र यस्ता कार्यक्रमले प्रत्येक सदस्यलाई महत्वपूर्ण वित्तीय साक्षरताको साथ सशक्त बनाउन सहयोग पु¥याउँदछ ।”

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री दिनेशकुमार चुकले डिजिटल उन्नतिले सञ्चालित यस युगमा, हाम्रो मोबाइल बैंकिङ सेवाहरूले तपाइँको औंलाको छेउमा सुविधाहरु प्रदान गर्ने र वित्तीय समावेशीताको संस्कृतिलाई बढावा दिँदै निर्बाध रूपमा खाता र कारोबारहरु सञ्चालन गर्न सकिने बताए । साथै उनले आउँदै गरेको भरतपुर भ्रमण वर्ष २०२४ मा पर्यटन विकासको लागि सहकारीहरुलाई पनि समेट्न सम्बन्धित निकायलाई अनुरोध समेत गरे ।

कार्यक्रममा संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक श्री गोविन्द प्रसाद पौड्याल तथा प्रबन्धक नारायणप्रसाद सापकोटाले सेयर सदस्यहरुलाई सहकारी शिक्षा, प्रविधि तथा मोवाइल बैंकिङ्क सेवा सञ्चालन तथा प्रयोगका विषयमा प्रशिक्षण दिएका थिए ।

सो अवसरमा संस्थाका जितपुर सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक देवीप्रसाद पौडेल तथा सदस्य हरिचन्द्र महतोको उपस्स्थिति रहेको थियो । जितपुर सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्य नेत्र प्रसाद आचार्यले स्वगत मन्तव्य राखेका थिए भने उक्त कार्यक्रमको सञ्चालन शिक्षा उपसमितिका सदस्य बिदुर के.सी.ले गरेका थिए ।

कार्यक्रममा जीतपुर सेवाकेन्द्रका ६२ जना सदस्यको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45