२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

राप्तीमा भ्रष्टाचार नियन्त्रण सम्बन्धि कार्यक्रम : वडाध्यक्षहरुकै बहिष्कार

प्रकाशित मिति : २०८० आश्विन १५ गते

–सुनिता सुवेदी
चितवन । राप्ती नगरपालिकामा आइतबार भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी पालिकास्तरीय अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम सञ्चालन भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाले आयोजना गरेको उक्त कार्यक्रममा राप्ती नगरपालिकाको मेयर र वडा नं ७ की वडाध्यक्ष बाहेक अरु जनप्रतिनिधि उपस्थित भएनन् ।

चितवनबाट अख्तियारमा भ्रष्टाचारका सबैभन्दा धेरै उजुरी पर्नेमध्येको दोस्रो नम्बरमा रहेको राप्तीका जनप्रतिनिधिलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको थियो । जसमा मेयर शमशेर लामा र वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी मात्रै सहभागी भइन् । वडा नं १ का सिद्धिलाल स्याङतान केहि समय मात्रै बसेर हिँडेको मेयर लामाले बताए । राप्तीमा १३ वटा वडा छन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा वडा अध्यक्षहरु उपस्थित नहुँदा खल्लो महसुुस भएको अख्तियारको हेटौँडा कार्यालय प्रमुख नरहरी घिमिरेले बताए । भ्रष्टाचारका उजुरी धेरै पर्ने पालिकाकै वडाध्यक्षहरु भ्रष्टाचार नियन्त्रण सम्बन्धि कार्यक्रममा अनुपस्थित भएपछि यसले ठूलो प्रश्न खडा गरेको छ । एक÷दुई जना वडाध्यक्ष काम विशेष वा परिस्थितीले उपस्थित हुन नसक्नु सामान्य हो । तर, १३ जना वडाध्यक्ष मध्ये १२ जना वडाध्यक्ष अनुपस्थित हुँदा विभिन्न आशंका उब्जिएको छ ।

कार्यक्रममा बोल्दै अख्तियार प्रमुख घिमिरेले ‘विहेमा दुलाहा नै नआए जस्तो, जन्ती नै नआए जस्तो’ भएको टिप्पणी गरे । ‘जनप्रतिनिधि ज्यूहरुलाई लक्षित गरेको कार्यक्रममा उहाँहरु नै उपस्थित हुनुभएन । यसले खल्लो महसुस भयो,’ उनले भने । अख्तियारको हेटौँडा कार्यालय अन्र्तगत १२९ पालिका हेर्ने जिम्मेवारी छ । उक्त कार्यालयले उजुरी सम्बन्धि अन्र्तक्रिया कार्यक्रमको लागि ३० वटा पालिका छनौट गरेको प्रमुख घिमिरेले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

‘३० वटा पालिकामध्ये हामीले राप्ती नगरपालिकालाई पनि छनौटमा राख्नु केहि कारणहरु थिए,’ उनले भने, ‘तर पालिका अन्तर्गतका जनप्रतिनिधि वा वडाअध्यक्षहरु किन उपस्थित हुनु भएन थाहा भएन ।’ सार्वजनिक पदमा बसेको व्यक्तिले आफ्नो लागि नभएर जनता, समाज र राष्ट्रको लागि काम गर्नुपर्ने जिम्मेवारी रहेको उनले बताए ।

राप्ती नगरपालिका मेयर लामाले भ्रष्टाचार नियन्त्रण सम्बन्धि कार्यक्रममा जनप्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्नेमा अनुपस्थित भएकोमा असन्तुष्टि जनाए । ‘नीति निर्माणका विषयमा, निर्देशन गर्ने विषयमा, बजेट सम्पादनका विषयमा सबै वडा अध्यक्षहरु अनिवार्य उपस्थित हुनुपथ्र्यो,’ नगर प्रमुख लामाले व्यङ्ग्य गर्दै भने, ‘उहाँहरु एकदमै व्यस्त हुनुभयो होला, यो भन्दा महत्वपूर्ण काम फेला पार्नुभयो होला ।’

स्थानीय सरकार सञ्चालन ऐनको अधिनमा इमान्दार रहेर काम गर्ने र अधिकारको दुरुपयोग नगर्ने व्यक्ति अख्तियारसँग डराउनु नपर्ने उनले बताए । राप्ती–७ की वडाअध्यक्ष डल्लाकोटीले अन्य वडाबाट जनप्रतिनिधि नै उपस्थित नहुनु लज्जास्पद भएको प्रतिक्रिया दिइन् ।

अख्तियारको कार्यालय हेटौँडाका उपसचिव गोविन्द प्रसाद गौतमले आर्थिक वर्ष २०८०÷८१ को भदौ मसान्तसम्म परेका उजुरीको बारेमा प्रस्तुतीकरण दिएका थिए । गौतमका अनुसार चितवनबाट परेका जम्मा उजुरी संख्या १२४ रहेको छ । जसमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिका र दोस्रोमा राप्ती नगरपालिका विरुद्ध उजुरी परेको गौतमले जानकारी गराए ।

कार्यक्रममा गौतमले शिक्षा, सार्वजनिक निर्माणसम्बन्धि उजुरी, नदीजन्य पदार्थ उत्खनन सम्बन्धी उजुरी, राजस्व उपचलन सम्बन्धी उजुरी र सेवा प्रवाह सम्बन्धी उजुरी लगायतका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक, लेखा प्रमुख लगायतका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73