काठमाडौं / चीनका पूर्व–प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । ६८ वर्षीय उनको शुक्रबार हृदयघातबाट निधन भएको चिनियाँ मिडिया सिसिटिभीले जनाएको छ । सांघाइमा बस्दै आएका उनलाई बिहीबार हृदयघात भएको थियो ।
उपचारको क्रममा मध्यराति १२ः १० बजे उनको निधन भएको हो । आर्थिक मामिलामा विशेष दख्खल भएका उनी सन् २०१३ देखि चीनका दोस्रो शक्तिशाली व्यक्ति बनेका थिए । खछ्याङ गत मार्चमा मात्रै सेवानिवृत्त भएका थिए ।
अन्हुईमा जन्मिएका उनले पेकिङ विश्वविद्यालयबाट कानुन विधामा डिग्री लिएका छन्। सन् १९८९मा टियानानमेन स्क्वायरमा उनका साथीहरूले आन्दोलन गर्दा उनी सरकारी जागिरे भइसकेका थिए। उनी त्यही बेला देखि कम्युनिष्ट पार्टी युथ लिगमा सामेल भएका थिए ।
१९९८ मा हेनान प्रान्तका गभर्नर भएका थिए। उनी चीनकै सबैभन्दा कान्छो गभर्नर समेत बनेका थिए । सन् २००८ देखि २०१३ सम्म वेन जियाबाओ प्रधानमन्त्री हुँदा उनी उप–प्रधानमन्त्री भएका थिए ।
चीनका पूर्व–प्रम ली खछ्याङको ६८ वर्षमा निधन
October 27, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
