२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

चितवनमा पहिलो पटक आमाको नामबाट नागरिकता

प्रकाशित मिति : २०८० कार्तिक १५ गते

चितवन / जिल्लामा पहिलो पटक बुबा नभएको स्वघोषणा गराएर नागरिकता दिइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार भरतपुर महानगरपालिका वडा नम्बर १२ का १९ वर्षिय विशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता दिएको हो ।

मायाँदेवी उपाध्यायको छोरा विशालले बुबा रमाकान्त रखाल हालसम्म पहिचान हुन नसकेको भन्दै स्वघोषणा गरेसँगै उनलाई आमाको नामबाट नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि शर्माले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

सहायक प्रजिअ शर्माका अनुसार नेपालका नागरिकता ऐनको पहिलो संसोधन र नियमावलीको तेस्रो संसोधन अनुसार नागरिकता दिइएको हो । परिमाजित ऐन अनुसार उपाध्याय नागरिकता लिने पहिलो व्यक्ति भएको उनले बताए ।

उपाध्यायलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले नागरिकता प्रदान गरेका हुन् । प्रजिअ थापाले ऐनमा भएको संसोधनले आम नागरिक नागरिकताको समस्याबाट मुक्त भएको बताए ।

- ADVERTISEMENT -

Advertisement

स्वघोषणा गरेपछि नागरिकता प्राप्त गरेका बाबु पहिचान भए स्वघोषणा गर्नेहरुलाई कारवाही हुने उनले बताए । उनले कानुनअनुसार कैद र जरिवानाको व्यवस्था भएको जानकारी दिए ।

श्रीमान १८ वर्षदेखि सम्पर्कमा नआएपछि स्वघोषणा गर्न बाध्य भएको मायाँदेवीको भनाइ छ । उनका अनुसार छोरा जन्मिएको एक वर्षपछि उनका बुबा हराएको र अहिलेसम्म सम्पर्कमा छैनन् ।

छोराले आफ्नो नामबाट नागरिकता पाएपछि उनले खुशी व्यक्त गर्दै थप जिम्मेवारीको महसुस भएको बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36