२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्त समारोह सुरु

प्रकाशित मिति : २०८० पुष ३ गते
Photo : Sushil Panta

चितवन / बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्त समारोह भरतपुरमा सुरु भएको छ । नेपाल सितोरियो कराते संघको आयोजना र नेपाल सितोरियो कराते संघ बागमती प्रदेशको व्यवस्थापनमा भरतपुर कभर्ड हलमा सोमबारदेखि सुरु भएको हो ।
कार्यक्रमको बागमती प्रदेशका पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री महर्जनले खेललाई पेशाको रुपमा अपनाउँँदै जीवनयापन गर्न नसक्दा खेलाडीहरु विदेशिने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरे ।
भविष्य निर्माणका लागि विदेशिरहेका खेलाडीहरुलाई देशमै रोक्ने अवस्था सृजना गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । युवा र खेलाडीहरु देशको भविष्य भएको भन्दै उनले सरकारले उनीहरुको जीवनसँग खेलवाड गर्न नहुने तर्क गरे ।
यस्तै उनले करातेले खेलाडीहरु अनुशासन सिकाउने भन्दै यस खेलको प्रवद्धनमा थप जोड दिनुपर्ने बताए । मन्त्री महर्जनले कराते संघ चितवनको भवन स्तरोन्नतिका लागि प्रदेशको आगामी बजेटमा पहल गर्ने प्रतिवद्धता जनाए ।
उनकले आगामी आर्थिक वर्षको बजेटमा यसका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री महर्जनले सोमबार नै संघको भवनको स्थलगत अवलोकन समेत गरेका थिए ।
तीन दिनसम्म चल्ने दिक्षान्त समारोहमा बागमती प्रदेशका १२ जिल्लाबाट करिब २५० खेलाडीहरु सहभागी छन् । उनीहरुलाई खेलको नियम, आत्मरक्षा सम्बन्धि प्रशिक्षण दिईनेछ । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका मुख्य प्रशिक्षक तुलसीकुमार महर्जनले प्रशिक्षण दिने सितोरियो कराते संघ बागमती प्रदेश अध्यक्ष गगन लामाले जानकारी दिए ।
अन्तिम दिन सहभागीहरुको परिक्षा लिएर उनीहरुलाई दिक्षित गरिनेछ । सोही अनुसार उनीहरुलाई फर्स्ट डन, सेकेन्ड डन र थर्ड डनबाट दिक्षित गरिनेछ । कार्यक्रममा भरतपुर १० वडाध्यक्ष परमेश्वर खनाल, ४ का वडाध्यक्ष अर्पण पोखरेल, चितवन जिल्ला खेलकुद बिकास समिति सदस्य कल्पना पौडेल, सितोरियो कराते संघ भरतपुर महानगर समिति अध्यक्ष राजन कार्की लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20