२०८३ श्रावण ३, आईतवार
July 19, 2026
२०८३ श्रावण ३, आईतवार
July 19, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चिसोको कहरबाट बचाऔँ

प्रकाशित मिति : २०८० पुष ४ गते
file photo

पुसको सुरूवातसँगै देशभर अत्यधिक चिसो बढेको पाइएको छ । हिमाली जिल्लाहरुमा हिमपातका कारण जनजीवन कष्टपूर्ण बन्न पुगेको छ भने मध्यपूर्वी तराई तथा पूर्वी नेपालका जिल्लाहरुमा शीतलहर र लगातार चिसो स्याँठ बढेसँगै जनजीवन अत्यन्त कष्टकर बन्न पुगेको सञ्चारमाध्यमले जनाएका छन् । स्वास्थ्य संस्थामा रुघाखोकी, निमोनिया, ज्वरो र दमका रोगी बढ्न थालेका छन् । चिसोले कठ्याङ्ग्रिएर जनजीवन अत्यन्त कष्टकर भएका खबर सार्वजनिक भइरहेका छन् । उच्च हिमाली क्षेत्रमा तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झरेको छ । कतिपय जिल्लामा हिमपात र हुस्सुका कारण सडक नै अवरुद्ध हुँदा मानिसको आवतजावत बन्द हुन पुगेका छन् । हिमाली क्षेत्रको तापक्रम शून्य डिग्रीबाट तल झर्दा र पहाडी तथा तराईका क्षेत्रमा १५ डिग्रीभन्दा कम तापक्रममा निकै चिसो हुने गर्छ । देशभर चिसो बढेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामीहरुको अस्पतालहरुमा चाप बढेको छ । अत्यधिक चिसोका कारण रुघाखोकी, निमोनिया, स्वासप्रश्वास, घाँटीको संक्रमणजस्ता रोगले सताउने गरेको छ । चिसोको समयमा सङ्क्रमण बढ्न सक्ने भएकाले नवजात शिशु, सुत्केरी, बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरु बढी सचेत हुनुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।
विपन्नताकै कारण चिसोबाट बच्ने उपाय अवलम्बन नगर्दा तराईका जिल्लाहरुमा शीतलहरका कारण धेरैले ज्यान गुमाउनुपर्छ । चिसोले देशव्यापी असर पुग्दै गर्दा चितवनका मुसहर, माझी तथा चेपाङ समुदाय बढी पीडित बन्न पुग्छन् । विपन्न समुदायका परिवारले सधैँभरि अभावको जीवन बिताउनुपर्ने नियति त छँदैछ, यतिखेर चिसोका कारण जनजीवन निकै कष्टकर बन्न पुगेको छ । तराईमा चिसोबाट जोगिन रातभर आगोको भरमा जाग्राम बस्नुपर्ने नियति पनि छ । पर्याप्त लत्ताकपडा र ओढ्ने–ओछ्याउने कपडाको अभावमा आगोकै भर पर्नुपर्ने, दाउरा वा गुइँठाको जोगाड गर्न नसक्नेको कठ्याङ्ग्रिएरै ज्यान जाने गरेका दृष्टान्त छन् । चिसोबाट जोगिन शरीर न्यानो राख्ने र तातो झोलपदार्थ खानुपर्ने सुझाव चिकित्सकहरुले दिँदै आएका छन् । प्राकृतिक प्रक्रियाका कारण चिसो कम गर्न नसकिए पनि अन्य सावधानीका उपायबाट उत्पन्न नकारात्मक प्रभाव भने अवश्य कम गर्न सकिन्छ ।
एउटा समुदायको अभाव र पीडामा अर्को समुदाय वा संस्थाले सहयोग गर्ने परम्परा हामी नेपालीको छ । समाजसेवी संस्थाहरुले सहयोग गर्ने पनि यस्तै प्रतिकुल अवस्थामा नै हो । अहिलेको प्रमुख आवश्यकता चिसोको कहरबाट कसरी बच्ने र बचाउने भन्ने नै हो । चिसोको समयमा पनि खाली खुट्टा हिँड्नुपर्ने र शरीरमा एकसरो कपडासमेत लगाउन नसक्ने दयनीय अवस्था भएका विपन्न समुदायका लागि हुनेहरुले केही न केही योगदान गर्ने समय यही हो । यस्तो बेलामा राज्यका निकायसँगसँगै न्यानो कपडा, स्वीटर, व्ल्याङ्केट, जुत्तामोजाजस्ता सामग्री वितरण गर्नुका साथै विकट तथा ग्रामीण क्षेत्रहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्नु अति प्रभावकारी हुन्छ । शीतलहर र चिसोका कारण बिरामी परेर उपचार पाउन नसकेका र जाडोमा कठ्याङ्ग्रिएर बस्नुपरेका कैयौँ बालबालिकाका लागि राज्यले ध्यान विशेष दिनु आवश्यक छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91