पुसको सुरूवातसँगै देशभर अत्यधिक चिसो बढेको पाइएको छ । हिमाली जिल्लाहरुमा हिमपातका कारण जनजीवन कष्टपूर्ण बन्न पुगेको छ भने मध्यपूर्वी तराई तथा पूर्वी नेपालका जिल्लाहरुमा शीतलहर र लगातार चिसो स्याँठ बढेसँगै जनजीवन अत्यन्त कष्टकर बन्न पुगेको सञ्चारमाध्यमले जनाएका छन् । स्वास्थ्य संस्थामा रुघाखोकी, निमोनिया, ज्वरो र दमका रोगी बढ्न थालेका छन् । चिसोले कठ्याङ्ग्रिएर जनजीवन अत्यन्त कष्टकर भएका खबर सार्वजनिक भइरहेका छन् । उच्च हिमाली क्षेत्रमा तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झरेको छ । कतिपय जिल्लामा हिमपात र हुस्सुका कारण सडक नै अवरुद्ध हुँदा मानिसको आवतजावत बन्द हुन पुगेका छन् । हिमाली क्षेत्रको तापक्रम शून्य डिग्रीबाट तल झर्दा र पहाडी तथा तराईका क्षेत्रमा १५ डिग्रीभन्दा कम तापक्रममा निकै चिसो हुने गर्छ । देशभर चिसो बढेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामीहरुको अस्पतालहरुमा चाप बढेको छ । अत्यधिक चिसोका कारण रुघाखोकी, निमोनिया, स्वासप्रश्वास, घाँटीको संक्रमणजस्ता रोगले सताउने गरेको छ । चिसोको समयमा सङ्क्रमण बढ्न सक्ने भएकाले नवजात शिशु, सुत्केरी, बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरु बढी सचेत हुनुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।
विपन्नताकै कारण चिसोबाट बच्ने उपाय अवलम्बन नगर्दा तराईका जिल्लाहरुमा शीतलहरका कारण धेरैले ज्यान गुमाउनुपर्छ । चिसोले देशव्यापी असर पुग्दै गर्दा चितवनका मुसहर, माझी तथा चेपाङ समुदाय बढी पीडित बन्न पुग्छन् । विपन्न समुदायका परिवारले सधैँभरि अभावको जीवन बिताउनुपर्ने नियति त छँदैछ, यतिखेर चिसोका कारण जनजीवन निकै कष्टकर बन्न पुगेको छ । तराईमा चिसोबाट जोगिन रातभर आगोको भरमा जाग्राम बस्नुपर्ने नियति पनि छ । पर्याप्त लत्ताकपडा र ओढ्ने–ओछ्याउने कपडाको अभावमा आगोकै भर पर्नुपर्ने, दाउरा वा गुइँठाको जोगाड गर्न नसक्नेको कठ्याङ्ग्रिएरै ज्यान जाने गरेका दृष्टान्त छन् । चिसोबाट जोगिन शरीर न्यानो राख्ने र तातो झोलपदार्थ खानुपर्ने सुझाव चिकित्सकहरुले दिँदै आएका छन् । प्राकृतिक प्रक्रियाका कारण चिसो कम गर्न नसकिए पनि अन्य सावधानीका उपायबाट उत्पन्न नकारात्मक प्रभाव भने अवश्य कम गर्न सकिन्छ ।
एउटा समुदायको अभाव र पीडामा अर्को समुदाय वा संस्थाले सहयोग गर्ने परम्परा हामी नेपालीको छ । समाजसेवी संस्थाहरुले सहयोग गर्ने पनि यस्तै प्रतिकुल अवस्थामा नै हो । अहिलेको प्रमुख आवश्यकता चिसोको कहरबाट कसरी बच्ने र बचाउने भन्ने नै हो । चिसोको समयमा पनि खाली खुट्टा हिँड्नुपर्ने र शरीरमा एकसरो कपडासमेत लगाउन नसक्ने दयनीय अवस्था भएका विपन्न समुदायका लागि हुनेहरुले केही न केही योगदान गर्ने समय यही हो । यस्तो बेलामा राज्यका निकायसँगसँगै न्यानो कपडा, स्वीटर, व्ल्याङ्केट, जुत्तामोजाजस्ता सामग्री वितरण गर्नुका साथै विकट तथा ग्रामीण क्षेत्रहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्नु अति प्रभावकारी हुन्छ । शीतलहर र चिसोका कारण बिरामी परेर उपचार पाउन नसकेका र जाडोमा कठ्याङ्ग्रिएर बस्नुपरेका कैयौँ बालबालिकाका लागि राज्यले ध्यान विशेष दिनु आवश्यक छ ।
चिसोको कहरबाट बचाऔँ
December 20, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
