२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

नदी किनारमा मनाइयो तमु ल्होसार, १६ जना सम्मानित

प्रकाशित मिति : २०८० पुष १४ गते

चितवन / गुरूङ समुदायको धार्मिक एवम् सांस्कृतिक संस्था तमू प्ये ल्हु संघ चितवनले ल्होसार मनाएको छ । शुक्रबार नारायणी नदी किनारमा बृहत् कार्यक्रम आयोजना गरेर ल्होसार पर्व मनाएको हो ।
क्याम्पाचौरबाट बृहत ¥यालीसहित नदी किनार पुगेका गुरूङहरू जातीय पहिरनमा चिटिक्क परेका थिए । ¥यालीमा देखाएको झाँकीलाई नदी किनारमा भएको कार्यक्रममा समेत प्रस्तुत गरिएको थियो । गुरुङ जातिको पुरेहित लम्, क्ल्हेप्री, प्हच्युलगायतका पुरेहितहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
त्यससँगै प्ये ल्हु संघ मातहतका विभिन्न इकाइबाट मारुनी, सोरठी, कौडा (चुड्का), घाँटुलगायतका मौलिक लोक संस्कृतिसमेत प्रस्तुत गरेका थिए। लोक तथा दोहोरी गायक मिलन लामा प्रमुख आकर्षण बनेको कार्यक्रममा सूचना गुरुङ, राजनदिल गुरुङ, रादीमा गुरूङलगायतले पनि गीत गाएर भरपुर मनोरञ्जन दिलाए । लोक गायक लामाले भने नयाँ तथा पुराना बहुचर्चित लोक भाका सुनाएर कार्यक्रममा उपस्थित सबैलाई छमछमी नचाए ।


तमू प्ये ल्हु संघ चितवनले पुस १५ गतेको अवसर पारेर १३ गते नै कार्यक्रम आयोजना गरेको हो । १५ गतेका दिन विभिन्न इकाइहरूमा कार्यक्रम हुने हुँदा जिल्ला समितिले दुई दिन अघि नै ल्होसार मनाएको संघका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए ।
विगतका वर्षहरुलाई पछ्याउँदै यसवर्ष पनि दुई दिनअघि नै भव्य कार्यक्रम गरेर ल्होसार मनाएको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि तमू प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमूले पछिल्लो समय ल्होसार एउटा समुदायमा मात्रै सीमित नभएको बताए ।
‘तमू समुदायको महान पर्व ल्होसार पछिल्लो समय सबैको साझा पर्व बनेको छ । यो हाम्रो लागि पनि खुसीको कुरा हो,’ उनले भने, ‘प्रविधिको युग भएर पनि होला । हाम्रो पर्व र हाम्रो कुरा धेरै ठाउँमा पुगेको छ । यो ज्यादै सकारात्मक विषय हो ।’
१६ जनालाई सम्मान
तमू प्ये ल्हु संघ चितवनले तमू ल्होसार पर्वको अवसर पारेर संघका दुई जना संस्थापकसहित १३ जना, दुई खेलाडी र एक पत्रकार गरी १६ जनालाई एउटै मञ्चमा सम्मान गरेको छ ।
संस्थाको उन्नतिमा योगदान दिएका र फरक क्षेत्रमार्फत तमू समुदायको पहिचानलाई थप फराकिलो बनाउन सहयोग पु¥याएका व्यक्तिहरूलाई सम्मान गरिएको तमू प्ये ल्हु संघ चितवनका सचिव चित्र ‘सोल्टी’ गुरूङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36