२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

उवासंघ चितवनको नेतृत्वका लागि पन्त र श्रेष्ठ भिड्दै

प्रकाशित मिति : २०८० पुष २३ गते

चितवन / उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा सुमनकुमार श्रेष्ठ र सिरिष पन्तबीच प्रतिस्पर्धा हुने भएको छ । आज (पुस २३) हुने चुनावमा अध्यक्ष पदमा पन्त र श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।
पन्त संघको हालको उपाध्यक्ष हुन् भने श्रेष्ठ वरिष्ठ उपाध्यक्ष हुन् । नारायणगढ, भरतपुर, रत्ननगर, खैरहनी, माडी र इच्छाकामनाका व्यवसायीहरु आबद्ध संघमा २ हजार ८५४ मतदाता छन् । नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिका संयोजक अधिवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
अध्यक्षका उम्मेदवार श्रेष्ठ संस्थापन प्यानलका हुन् भने पन्त विना प्यानल एक्लै चुनावमा होमिएका छन् । अधिवेशनले पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमिती चयन गर्नेछ ।कतिपय पद भने सर्वसम्मत भइसकेको छ ।
वस्तुतगततर्फ ४ जना, कर्पोरेटतर्फ दुई जना, क्षेत्रीयतर्फ १ जना गरी ७ जना कार्यसमितिका सदस्य निर्वाचित भएका छन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ जना पदाधिकारी, उद्योगतर्फ ६ जना, बाणिज्यतर्फ ६ जना र महिलातर्फ १ जनाका लािग मतदान हुन लागेको हो ।
जिल्लाको पुरानो नारायणी फर्निचर व्यवसायीका रुपमा परिचित अध्यक्षका उम्मेदवार श्रेष्ठले निर्वाचित भए लगानीमैत्री वातवारण निर्माण गर्ने, बजार क्षेत्रमा पार्किङको वैज्ञानिक व्यवस्थापन गर्ने, आर्थिक मन्दीको असर परेको व्यवसाय क्षेत्रमा कर घटाउन पहल गर्ने, घरभाडा कम गर्न घरबेटीसँग सहकार्य र समन्वय गर्ने लगायतका एजेण्डा अगाडि सारेका छन् । उनले संघमा आफ्नो पुरानो संलग्नता रहेकोले निर्वाचन जित्ने बताउँदै आएका छन् ।
अध्यक्षका अर्का उम्मेदवार पन्तले चितवन महोत्सवमा हुने आर्थिक अनियिमता हटाउने, ३५ दिनभित्र महोत्सवको हिसाब सार्वजनिक गर्ने, बजार क्षेत्रलाई २४ सैं घण्टा चलाउनका लागि पहल गर्ने, पूर्वी र पश्चिम चितवनबाट आउने सवारीलाई नारायणगढ बजारसम्म ल्याउनका लागि दबाब दिने, व्यवसाय नगर्ने तर झोलामा संघको सदस्य बनेर चुनावमा भोट हाल्ने प्रवृतिलाई पूर्ण रुपमा अन्त्य गर्ने लगायतका एजेण्डा अगाडि सारेका छन् ।
पन्तले संघमा महिला उपाध्यक्ष पदको व्यवस्था गर्न विधान संशोधन गर्ने, बैंकको ब्याजदर र कर घटाउन पहल लिने एजेण्डा लिएको जनाए । उनी हार्डवेयर व्यवसायीका रुपमा परिचित छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी र राजन पिया, उपाध्यक्ष (वाणिज्य) तर्फ राजेन्द्र ओली र रजनी मास्के उम्मेदवार छन् ।
वस्तुगत÷कर्पोरेटतर्फ उपाध्यक्षमा नारायण प्रधान र जनक पौडेल उम्मेदवार बनेका छन् । उद्योगतर्फको उपाध्यक्षमा भने अशोक अधिकारी सर्वसम्मत बनेका छन् । उद्योगतर्फ उम्मेदवारी दर्ता गरेका थिरप्रसाद धितालले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि अधिकारी निर्विरोध बनेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73