March 15, 2025
- ADVERTISEMENT -

३ करोड ३४ लाख नगद बरामद

January 11, 2024
file photo

काठमाडौँ / मंगलबार पक्राउ परेका रामबहादुर बम्जन उर्फ ‘लिटल बुद्ध’ को बूढानीलकण्ठस्थित घरबाट प्रहरीले नगद ३ करोड ३४ लाख रुपैयाँ बरामद गरी सार्वजनिक गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरिएको जनाएको छ । बरामद भएको पैसाको स्रोतबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
सर्लाहीकी एक अनुयायीमाथि बाल यौन दुराचार गरेको आरोप लागेपछि जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । तर प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।
मंगलबार सीआईबीले उनी बसेको बूढानीलकण्ठस्थित घरमा छापा मारेको थियो । त्यस क्रममा उनी दुई तला माथिबाट हामफालेर भाग्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।

- ADVERTISEMENT -