April 30, 2025

चाडपर्वले आपसी मेलमिलाप बढ्छ – बागमती प्रदेश प्रमुख शर्मा

January 15, 2024
- ADVERTISEMENT -

मकवानपुर / बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुले मनाउने चाडपर्वहरुले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी हामीलाई राष्ट्रिय एकताको शुत्रमा बाँध्न सघाउ पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
सोमबार मनाइँदै गरिएको माघे संक्रान्ति अर्थात माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले यस्तो विश्वास लिएका हुन् ।
शुभकामना सन्देशमा प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।
शर्माले हाम्रो देश नेपाल भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण रहेको उल्लेख गर्दै शुभकामना सन्देशमा यी विविधताहरुप्रति हामीले गौरव गर्नुपर्दछ भने ।
‘माघी थारु समुदायले हर्षोल्लासपूर्ण वातावरणमा मनाउने पर्व हो । ’प्रमुखले भनेका छन्, ‘आजैका दिन अन्य समुदायहरुबीच पनि मकर संक्रान्तिका रुपमा यो पर्व मनाइन्छ ।’
प्रमुख शर्माले हाम्रा मौलिक सांस्कृतिक परम्पराहरुको संरक्षण तथा सम्बर्धन गर्दै अघि बढौं भनेका छन् ।

- ADVERTISEMENT -