२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

यस्तो छ आजको मौसम

प्रकाशित मिति : २०८० माघ १३ गते
File photo.
- ADVERTISEMENT -

काठमाडौं / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ ।
तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू९भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा रातिपनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

- ADVERTISEMENT -