२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

भरतपुरका तामाङले मनाए ल्होछार, जेष्ठ नागरिक लामालाई सम्मान

प्रकाशित मिति : २०८० माघ २८ गते
Photo : Bina Tamang / newsprabah

– बबिलाल तामाङ
चितवन । तामाङ समुदायहरुको महान पर्व मञ्जुश्री सम्वत् २८६० सोनाम ल्होछार शनिबार चितवन जिल्ला लगायत देशैभर भव्यताकासाथ मनाइएको छ । जिल्लाको भरतपुर महानगर स्थित भरतपुर नगर तामाङ समाजले पनि सोनाम ल्होछारको अवसर पारेर शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरी मनाएको हो ।
कार्यक्रम बागमती प्रदेशका सभासद तथा प्रमुख अतिथि ईश्वर सापकोटाले नामसाल (दियो) प्रज्वलन गरी उद्घाटन गरेका हुन् । प्रमुख अतिथि सापकोटाले तामाङ समाजको हकहित लागि आवश्यक पर्ने जुनसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले तामाङकै छोरा कुलमान घिसिङका कारण बिजुलीको समस्या समाधान भएको उदाहरण दिँदै सबैलाई जागरुक हुनुपर्नेमा जोड दिए । पछिल्लो समय धर्म, संस्कार र संस्कृतिका लागि तामाङहरु एकजुट हुँदै गएको र अझ बढी लाग्नुपर्ने उनको भनाइ थियो ।


साँस्कृतिक कार्यक्रममा राष्ट्रिय सेलो गायक आसमान लोप्चन, निमा पाख्रिन, सेलो गायिका रोशना लिम्बुलगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो । उनीहरुको बेजोड प्रस्तुतिले दर्शकलाई छमछमी नचाएका थिए ।
सोही अवसरमा नागरिक तथा लामा गुरु नरबहादुर लामालाई सम्मान गरिएको थियो । सँगसँगै संस्थागत योगदान पुर्याउने व्यक्तित्वहरु पनि सम्मानित भएका थिए । कार्यक्रममा आर्थिक सहयोग प्रदान गर्ने व्यक्तित्वहरुको नाम वाचन गरिएको थियो भने स्वतःस्फूर्तमा सहयोग पनि जुटेको थियो ।

- ADVERTISEMENT -

Advertisement


कार्यक्रममा भरतपुर नगर तामाङ समाजका अध्यक्ष सूर्यप्रकाश लामाले प्रमुख अतिथि सापकोटालाई मायाको चिनो प्रदान गरेको थियो । सँगसँगै गायक लोप्चन, पाख्रिन, गायिका लुङ्बा र कार्यक्रम संचालिका प्रिती तामाङलाई पनि मायाको चिनो दिइएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० वडाध्यक्ष परमेश्वर खनाल, भरतपुर नगर तामाङ समाजका पूर्व अध्यक्ष गंगालाल लामा, उपाध्यक्ष निरबहादुर लामा, नेपाल तामाङ घेदुङका पूर्वअध्यक्ष श्रीप्रसाद तामाङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
भरतपुर नगर तामाङ समाजका संस्थापक अध्यक्ष दिलमाया लामा, निवर्तमान अध्यक्ष पासाङ तामाङ, चितवन घेदुङका पूर्वअध्यक्ष मोहन स्याङ्बो, छेच्यु थर्पलिङ गुम्बाका पञ्चबहादुर तामाङ, दुधपोखरी बौद्ध समाजका सचिव गोपीराज तामाङ लगायतको उपस्थिति थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष सूर्यप्रकाश लामाको सभापतित्वमा सम्पन्न भएको थियो भने सचिव सीताराम मोक्तानले संचालन गरेका थिए । समाजले विगत डेढ दशकदेखि भोजाड गुम्बामा ल्होछार पर्व मनाउँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37