April 25, 2025

दूध सेवन सम्बन्धी जनचेतनामुलक भिडियो सार्वजनिक

March 7, 2024
- ADVERTISEMENT -

चितवन / चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संघले दूध सेवन सम्बन्धी जनचेतनामुलक भिडियो सार्वजनिक गरेको छ ।

जिल्ला समन्वय समितिको आयोजनामा बुधबार भएको दूग्धजन्य पदार्थ उत्पादन, व्यवसायीहरुमा देखिएका समस्या र समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संघले दूध खपतलाई टेवा पुराउने उक्त भिडियो सामाग्री सार्वजनीक गरेको हो ।

दूधजन्य पदार्थको खपत बढाउन र यसको उपयोगका लागि भिडियो निमार्ण गरिएको संघका अध्यक्ष किशोर वगालेले जानकारी दिए । उनले भने – हामीले दूध उत्पादन मात्र हैन्, दूध र दुग्धजन्य परिकारको प्रोत्सान गर्नपनि ध्यान दिनुपर्ने छ । त्यसका लागि नियमित रुपमा यस्ता कार्यक्रम हामी गर्ने छौँ । भिडियोको प्रवर्दकको रुपमा भरतपुर महानगरपालिका रहेको छ ।

संघले भिडियोलाई सामाजिक संजाल मार्फत सेयर गर्दिन समेत सबैमा अनुरोध गरेको छ। चितवनकै जिल्ला संघले फाल्गुन पहिलो हप्ता उद्योगीले सस्तोमा पनि दूध उठाउन नमानेपछि सडकमा दूध पोख्ने आन्दोलनको नेतृत्व लिएको थियो ।

अध्यक्ष बगालेका अनुसार चितवनमा अहिले पनि ६० हजार लिटर भन्दा बढि दूध बिक्रीमा समस्या छ । भदौदेखि यहाँका किसानहरुले दूध बिक्री गरेको पैसा पाएका छैनन् भने ५२ करोड रुपैँया भुक्तिानी किसानले उद्योगीहरुबाट लिनुपर्नेछ ।

- ADVERTISEMENT -