२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गैंडाकोट एफसीले एपिएफलाई भारी गोलले हराउँदै सेमिफाइनलमा

प्रकाशित मिति : २०८० चैत्र ४ गते
- ADVERTISEMENT -

चितवन / गैंडाकोट एफसीले विभागिय टोली सशस्त्र प्रहरी बल (एपिएफ) भण्डाराविरुद्ध फराकिलो जितकासाथ सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम क्वाटरफाइनल खेल भएको शनिबार गैंडाकोटले एपिएफविरुद्ध गोलको वर्षा नै गर्‍यो । एकतर्फी खेलमा गैंडाकोट शुन्यका विरुद्ध ७ गोलले विजयी भयो । एफसीका लागि ग्लोरीले ह्याट्रिक गरे । राजेश पुन, दीपेश आले, विवश नेपाली र एन्जल महर्जनले एक–एक गोल गरे ।

- ADVERTISEMENT -

Advertisement

खेलको पहिलो मिनेटमा नै एपिएफका गोलकिपर विशाल गुरुङको गल्तीमा ग्लोरीले गोल गर्दै गैंडाकोटलाई अग्रता दिलाए । लगत्तै पाचौं मिनेटमा ग्लोरीकै गोलमा गैंडाकोटले अग्रता दोब्बर बनायो । १७ औं मिनेटमा ग्लोरीले ह्याट्रिक गरे । जारी प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो । पहिलो हाफको अतिरिक्त समयमा राजेशले गोल गरेपछि गैंडाकोटले ४–० को अग्रता लियो ।

दोस्रो हाफमा गैंडाकोटले तीन गोल थप्यो । दोस्रो हाफको आठौं मिनेटमा दीपेशले गैंडाकोटका लागि पाचौं गोल गरे । १९ औं मिनेटमा विवशले छैटौं गोल गरे । अतिरिक्त समयमा एन्जलले गोल गरेपछि गैंडाकोट ७(० ले विजयी भयो । ह्याट्रिक गरेका गैंडाकोटका ग्लोरी म्यान अफ दि म्याच भए ।

- ADVERTISEMENT -

Advertisement

यससँँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । चैत ६ गते मंगलबारबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुनेछ । पहिलो सेमिफाइनलमा ६ गते मंगलबार सेन्ट्रल कलेज २८ बिगाले घैरुङ एफसीको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा चैत ७ गते बुधबार आबुखैरहनी गाउँपालिका र गैंडाकोट भिड्नेछन् ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता चैत १० गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88